उतारचढाव बीच शेयर बजार १४ अंक माथि, लघुवित्तको मूल्यमा पहिरो
काठमाडौं । तीव्र उतारचढाव र प्राविधिक समस्याका बीच शेयर बजार परिसूचक नेप्से १४ अंकले माथि उक्लेको छ । सोमबार करिब ९६ अंक तल झरेर साढे २ घण्टामै कारोबार बन्द भएको नेप्सेले मंगलबार फेरि उकालो बाटो समातेको हो ।
यो दिन नेप्से १४.३७ अंक बढ्दा सेन्सेटिभ, फ्लट र सेन्सेटिभ फ्लट सूचक समेत बढेका छन् । शेयर बजारमा सेन्सेटिभ परिसूचकलाई ठूला ‘क’ वर्गका कम्पनीकरुको सूचक मानिन्छ । फ्लट इन्डेक्सलाई बजारमा कारोबार योग्य शेयरहरुको परिसूचक मानिन्छ । त्यस्तै, सेन्सेटिभ फ्लटले बजारमा कारोबार भएका ‘क’ वर्गका कम्पनीहरुको सूचक मानिन्छ ।
त्यस्तै, १२ उपसमूहमध्ये यो दिन व्यापारमूलक, अन्य र लघुवित्त समूह घट्न पुग्दा बाँकी ९ ओटा परिसूचकमा सुधार देखिएको छ । परिसूचक घटेका उपसमूहमध्ये सबैभन्दा बढी गिरावट लघुवित्त समूहमा देखिएको छ ।
यो उपसमूह आज ४.६१ प्रतिशतले घटेको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले नाफा र लाभांशमा गिरावट आउनेगरी व्यवस्था गेपछि यो समूहमा उच्च गिरावट देखिएको हो ।
बजारमा आज पनि उच्च कारोबार रकमले निरन्तरता पाए पनि आजको कारोबार ४ अर्ब भन्दा माथि पुग्न भने सकेन । यो दिन ३ अर्ब ८५ करोड रुपैंया बराबरका शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । आजको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको करिब ४० करोड, एनएमबि बैंकको २५ करोड, एनआईशी एशिया बैंकको १८ करोड, हिमालयन डिस्टिलरीको १४ करोड, नबिल बैंकको १३ करोड तथा एभरेष्ट बैंकको १० करोडको कारोबार भएको छ ।
आजको बजारमा मञ्जुश्री फाइनान्स र नेपाल हाइड्रो डेभलपरको मूल्यमा सकारात्मक सर्किट लाग्दा स्वदेशी लघुवित्त, एनएमबि माइक्रोफाइनान्स र स्पर्श लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त, स्वाभिमान माइक्रोफाइनान्स लगायत अन्य १६ ओटा माइक्रोफाइनान्सको मूल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुलसनले नै लिए यूएईको तेस्रो विकेट
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच
-
कांग्रेसलाई सभामुख धितालले भने– म रेफ्री हुँ, मिलाएरै लैजान्छु
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?
-
‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा