केन्द्रीय संस्करण
सन्दर्भ : सुखानी स्मृति दिवस

४७ वर्षअघिको ‘सुखानी’ काण्ड : जसको लक्ष्य अझै अपूर्ण

पार्टीभित्र हावी गलत सोच र चिन्तनले विकृति र विसङ्गतिको डङ्गुर थुपारिएको छ : घनेन्द्र बस्नेत

person explore access_timeफागुन २१, २०७६ chat_bubble_outline0
सुखानीमा प्रतिस्थापित पाँच सहिदहरुको सालिक । यी सालिकका मूर्तिकारहरु लक्ष्मण भुजेल र गंगाधर सारु हुनुहुन्छ ।

घनेन्द्र बस्नेत


आज फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको अविस्मरणीय दिन । ४७ वर्षअघि आजैको दिन झापा र इलामको सीमावर्ती क्षेत्र माई नगरपाकिलास्थित सुखानीमा कम्युनिस्ट आन्दोलनमा लागेका पाँच जना योद्धाहरुले एकै साथ शहादत प्राप्त गरेका थिए । जेल सार्ने बहानामा झापा इलाम जिल्लाको सिमानामा पर्ने सुखानीको जंगलमा तत्कालीन पञ्चायती राज्यसत्ताले क्रुरतापूर्वक गोली हानी राजबन्दीहरुको सामुहिक हत्या गरेको उक्त घटना ‘सुखानी काण्ड’का नामले चिनिन्छ । पञ्चायती व्यवस्थाविरुद्ध हतियार उठाएर ‘वर्गशत्रु सफाय अभियान’ को थालनी गरेका ती क्रान्तियोद्धाहरु नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन पञ्चायती शासकले सुखानी जङ्गलमा लगेर निर्ममतापूर्वक हत्या गरेकोे थियो ।


तत्कालीन कम्युनिस्ट पार्टीको झापास्थित ‘मेची–कोसी कोअर्डिनेसन कमिटी’ले २०२८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको थियो । सोही मोर्चाबन्दीमा संलग्न रहेको आरोपमा पञ्चायत सरकारले पक्राउ गरेका मध्ये पाँचै जनालाई झापाको चन्द्रगढीस्थित कारागारमा कैदीबन्दी बनाएर राखिएको थियो । पछि चन्द्रगढी कारागारबाट इलाम कारागार सार्ने बहानामा २०२९ फागुन २१ मा सुखानीको जङ्गलमा लगेर उनीहरुलाई गोली प्रहार गरी सामुहिक हत्या गरिएको थियो ।


घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको साविक गरामनी गाविस तथा दाहाल साविक चारपाने गाविस र राजवंशी साविक ज्यामिरगढी गाविसका बासिन्दा थिए । तत्कालीन कम्युनिस्ट पार्टीको झापास्थित ‘मेची–कोसी कोअर्डिनेसन कमिटी’ले २०२८ सालमा पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको थियो । सोही मोर्चाबन्दीमा संलग्न रहेको आरोपमा पञ्चायत सरकारले पक्राउ गरेका मध्ये पाँचै जनालाई झापाको चन्द्रगढीस्थित कारागारमा कैदीबन्दी बनाएर राखिएको थियो । पछि चन्द्रगढी कारागारबाट इलाम कारागार सार्ने बहानामा २०२९ फागुन २१ मा सुखानीको जङ्गलमा लगेर उनीहरुलाई गोली प्रहार गरी सामुहिक हत्या गरिएको थियो ।

सुखानी काण्डपछि पनि रोकिएन आन्दोलन 

मुलुकमा सामन्तवाद, साम्राज्यवाद, शोषण, उत्पीडनका विरुद्धमा झापाबाट सशस्त्र किसान विद्रोह सुरु भयो । झापाको छिमेकी जिल्ला भारतको नक्सालमा उदाएको नक्सलवादीको चर्को छाप झापाका क्रान्तिकारी युवाहरुमा परेको थियो र त्यसैको परिणति उनीहरुले वर्गशत्रुको सफाय नगरेसम्म समाजमा शोषण उत्पीडन रोकिन्न भन्ने ‘क्रान्तिकारी चेत’का सहित विद्रोहको शुरुवात गरेका थिए । खासगरी २००६ सालबाट सुरु भएको नेपाल कम्युनिस्ट पार्टी ०१९ सालमा आएपछि अनेकौँ गुटउपगुट र विभाजनबाट पीडित र शिथिल भएको थियो । त्यो गुटउपगुट र विभाजन भएको कम्युनिस्ट आन्दोलनलाई एकीकरण गर्दै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नयाँ जोश र जाँगरका साथ अगाडि बढाउने सिलसिलामा झापामा सशस्त्र किसान विद्रोह हुन पुगेको थियो । त्यहीँ किसान विद्रोहको सिलसिलामा पक्राउ परेका मध्ये ५ जना साथीहरु (रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ) लाई झापाको चन्द्रगढी जेलबाट इलामको जेल सरुवा गर्ने बहानामा तत्कालीन पञ्चायती सरकार खास गरेर (निरङ्कुस राजाको सरकार) ले  सुखानीमा लगेर निर्ममतापूर्वक हत्या गर्यो । योजनबद्ध ढङ्गले तत्कालीन सरकारले गरेको उक्त निर्मम हत्यालाई सुखानी हत्या काण्ड भनिन्छ ।


किसान विद्रोहको सिलसिलामा पक्राउ परेका मध्ये ५ जना साथीहरु (रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठ) लाई झापाको चन्द्रगढी जेलबाट इलामको जेल सरुवा गर्ने बहानामा तत्कालीन पञ्चायती सरकार खास गरेर (निरङ्कुस राजाको सरकार) ले  सुखानीमा लगेर निर्ममतापूर्वक हत्या गर्यो । योजनबद्ध ढङ्गले तत्कालीन सरकारले गरेको उक्त निर्मम हत्यालाई सुखानी हत्या काण्ड भनिन्छ ।


कम्युनिस्ट आन्दोलनमा गुटउपगुट, विभाजन, फुट, पलायनता र निराशा थियो देशमा । त्यसकोे अन्त्य गर्दै क्रान्तिकारी कम्युनिस्टहरुलाई एकीकृत गर्दै लैजाने अभियानलाई बाँकी रहेका साथीहरुले अगाडि बढाउँदै जानुभयो । जसको सन्देश भनेको यो मुलुकमा निरङ्कुस राजतन्त्रको अन्त्य गर्ने, फासिस्ट तरिकाको पञ्चायती व्यवस्थाको अन्त्य गर्ने तथा सामान्त र साम्राज्यवादका सबै प्रकारका शोषण उत्पीडनलाई समाप्त पार्ने, सबैखाले विभेदलाई समाप्त पार्दै नयाँ जनवादी क्रान्ति पूरा गर्ने थियो । त्यसले समाजवाद हँुदै साम्यवादको बाटो पक्रने लक्ष्य र उद्देश्य पनि त्यसैबेला राखेको थियो ।

नख्खु जेल ब्रेक

रामनाथ लगायत ५ जनाको हत्या भइसकेपछि झापा आन्दोलनका नायक मानिने मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, नरेश खत्री, मनकुमार गौतम लगायत धेरै साथीहरुलाई तत्कालीन सरकारले पक्राउ गर्यो । त्यो घटनापछि केही साथीहरु कम्युनिस्ट आन्दोलनबाट पलायन भए । कोही सुरक्षाका लागि भारत प्रवासतर्फ लागे । बाँकी रहेका साथीहरुले कम्युनिस्ट मुभमेन्टलाई अगाडि बढायौँ । यो क्रममा मोहनचन्द्र अधिकारी, केपी ओली, राधाकृष्ण मैनाली, नरेश खरेलसमेत पक्राउ परिसकेको सन्दर्भमा त्यसपछाडि एकजना भारतबाट आएका राजन राजवंशी, सीपी मैनाली र म मात्रै आन्दोलनका समर्थक बाँकी रह्यौँ । हामीले त्यो आन्दोलनलाई फेरि पनि फैलाउनुपर्छ भन्ने योजनाका साथ आन्दोलनलाई अगाडि बढाउने काम गर्यौँ । तर त्यहीँ बीचमा म पनि पक्राउ परेँ भने राजन राजवंशी मभन्दा अलि पछि पक्राउ पर्नुभयो ।

त्यसपछि सीपी मैनाली पनि पक्राउ पर्नुभयो । सीपी मैनाली पक्राउ पर्नुअगाडि उहाँले मोरङका क्रान्तिकारी कम्युनिस्टहरुसँग सम्पर्क गर्नुभएको थियो । त्यसमा नौ जिल्लासँग सम्पर्क गरेर अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्र गठन गर्नुभयो ।


कोअर्डिनेसन गठन गरेपछि मैनाली पक्राउ पर्नुभएको हो । तर झलनाथ खनालको नेतृत्वमा काम अगाडि बढ्यो र झापा आन्दोलनको सन्देश नौ जिल्ला मात्रै नभएर क्रमशः अरू जिल्लामा पनि फैलन थाल्यो । यसैक्रममा पछि हामीलाई विभिन्न जेल हुँदै नख्खु जेल लगिएको थियो । क्रान्तिकारी आन्दोलन अगाडि बढाउनु नै थियो त्यसक्रममा हामीले नख्खु जेल ब्रेक गर्न पुग्यौँ । त्यसमा सीपी मैनाली, म नरेश खरेललगायत १५ जना थियौँ जेल ब्रेक गर्नेमा । जेल ब्रेक गर्ने १५ जनामध्ये हामी ५ जना पुनः पक्राउ पर्यौँ ।


कोअर्डिनेसन गठन गरेपछि मैनाली पक्राउ पर्नुभएको हो । तर झलनाथ खनालको नेतृत्वमा काम अगाडि बढ्यो र झापा आन्दोलनको सन्देश नौ जिल्ला मात्रै नभएर क्रमशः अरू जिल्लामा पनि फैलन थाल्यो । यसैक्रममा पछि हामीलाई विभिन्न जेल हुँदै नख्खु जेल लगिएको थियो । क्रान्तिकारी आन्दोलन अगाडि बढाउनु नै थियो त्यसक्रममा हामीले नख्खु जेल ब्रेक गर्न पुग्यौँ । त्यसमा सीपी मैनाली, म नरेश खरेललगायत १५ जना थियौँ जेल ब्रेक गर्नेमा । जेल ब्रेक गर्ने १५ जनामध्ये हामी ५ जना पुनः पक्राउ पर्यौँ । जोमध्ये एक जना भारततिर पलायन हुनुभयो बाँकी नौ जनाले फेरि पार्टीसँग सम्पर्क गरेर देशव्यापी रूपमा कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आधारमा अगाडि बढाउनुपर्छ, सशस्त्र सङ्घर्षलाई अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ अन्य कम्युनिस्ट घटक जो मुक्ति मोर्चा, सन्देश ग्रुप, रातोझण्डा लगायतका साथीहरुसँग कोअर्डिनेसन केन्द्रअन्तर्गत सङ्गठित गर्ने काम भयो । २०३५ सालमा आएपछि नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) भनेर माले गठन भयो । त्यसरी आन्दोलन अगाडि बढ्यो । पछि गएर झापा आन्दोलनमा देखा परेका उग्रवामपन्थी सोच, भड्काउ र कमजोरीलाई सच्याउँदै मुभमेन्ट अघि बढ्यो । तिनै साथीहरुले पछि २०३६ सालको आन्दोलन र जनमत सङ्ग्रहमा भूमिका खेल्नुभयो । त्यसक्रममा देशैभरका कम्युनिस्ट क्रान्तिकारीहरुलाई सङ्गठित गर्दै, एक ठाउँमा ल्याउँदै २०४६ सालको जनआन्दोलनमा नेपाली काँग्रेससँग समेत सहकार्य गरेर सफल भयो । जनआन्दोलन सफल भएपछि पार्टी खुल्ला भए । त्यसपछि पार्टीका खुल्ला गतिविधि देशैभर सुरु भए । यसरी कम्युनिस्ट आन्दोलन एकीकरण हुँदै अघि बढ्यो । पछि आएर मनमोहन अधिकारीले नेतृत्व गरेको मार्क्सवादीसँग माले एकीकृत हुँदै एमाले गठन भयो । एमाले गठन भइसकेपछि आन्दोलनलाई एक हिसाबले छुट्टै ढङ्गले अगाडि बढाउने काम भयो । २०५१ सालमा निर्वाचनमार्फत अल्पमतको सरकार गठन हुने अवस्थासम्म पुगियो । त्यसबेलाको नौ महिने सरकार अत्यन्तै लोकप्रिय भयो ।

२०५२ पछि आएर माओवादी आन्दोलन नयाँ ढङ्गले सुरु भयो । माओवादी आन्दोलन सुरु भएपछि सशस्त्र सङ्घर्षलाई पनि एकीकरण गर्ने सन्दर्भमा काँग्रेस, एमाले र माओवादीसहित अन्य साना बाम घटकको मोर्चा बन्यो । जसको नेतृत्वमा २०६२÷०६३ को जनआन्दोलन सुरु भयो । त्यो जनआन्दोलनले राजालाई फालेन मात्रै यो मुलुकमा ठूलो परिवर्तन भयो । राजतन्त्र समाप्त गर्ने र गणतन्त्र प्राप्त गर्ने काम भयो । खासगरी समावेशी लोकतन्त्रको स्थापनासँगै केन्द्रीकृत शासन प्रणालीको ठाउमा सङ्घीय व्यवस्था लागू भयो । त्यसपछि अहिले माओवादी केन्द्रसँग नेकपा एमालेको एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । जसले मुलुकको नेतृत्व गरिरहेको छ । यसरी सुरुमा पुष्पलालले सुरु गरेको कम्युनिस्ट आन्दोलनको मूलधारको रूपमा नेकपा स्थापित भइसकेको छ । अहिले नेकपाको नेतृत्वमा झण्डै २ तिहाइ बहुमतको केन्द्रीय सरकार र सात प्रदेशमध्ये ६ वटामा नेकपाकै नेतृत्वमा सरकार गठन भएको छ । त्यस्तै स्थानीय तहमा पनि बहुसङ्ख्यक सरकार नेकपाकै बनेको छ ।

कम्युनिस्ट नेतृत्वमा आएको विचलन

अहिले हामी यो अवस्थामा आइपुग्दा झापा आन्दोलनलाई विर्सन मिल्दैन । यो झापा आन्दोलनको मुख्य उद्देश्य भनेको वर्ग सङ्घर्षलाई अगाडि बढाउने नै हो । खासगरेर श्रमिक सर्वहारा वर्गको हातमा शासन सत्ता स्थापित गरेर अगाडि जाने, जनवादी क्रान्ति सम्पन्न गर्ने भन्ने थियो । अहिले शान्तिपूर्ण आन्दोलनको बाटो अवलम्बन गरिएको छ । तर पनि त्यसबेलाको स्पिरिट र भावना के भइरहेको छ भन्ने बुझ्न जरुरी छ । त्यसबेला जुन उद्देश्य, लक्ष्य र मान्यताबाट हामी अगाडि बढेका थियौँ ती मान्यता, उद्देश्य र लक्ष्य प्राप्त भएका छैनन् ।


अहिले हामी यो अवस्थामा आइपुग्दा झापा आन्दोलनलाई विर्सन मिल्दैन । यो झापा आन्दोलनको मुख्य उद्देश्य भनेको वर्ग सङ्घर्षलाई अगाडि बढाउने नै हो । खासगरेर श्रमिक सर्वहारा वर्गको हातमा शासन सत्ता स्थापित गरेर अगाडि जाने, जनवादी क्रान्ति सम्पन्न गर्ने भन्ने थियो । अहिले शान्तिपूर्ण आन्दोलनको बाटो अवलम्बन गरिएको छ । तर पनि त्यसबेलाको स्पिरिट र भावना के भइरहेको छ भन्ने बुझ्न जरुरी छ । त्यसबेला जुन उद्देश्य, लक्ष्य र मान्यताबाट हामी अगाडि बढेका थियौँ ती मान्यता, उद्देश्य र लक्ष्य प्राप्त भएका छैनन् ।


मूल रूपमा कम्युनिस्ट आन्दोलनमा आएको विचलन, कम्युनिस्ट आन्दोलनमा पैदा भएको विकृति र विसङ्गतिले त्यो लक्ष्य या उद्देश्य पूरा हुन नसकेको हो । खासगरी नेतृत्वमा रहेको विकृति र विसङ्गति मूल पक्ष हो । जसले गर्दा वर्गपक्षधरता समाप्त हुँदै गयो । श्रमिक, सर्वहारा वर्ग कमजोर हँुदै गएर नोकरशाही दलाल पुँजीपति (माथिल्लो) वर्गविरुद्ध केन्द्रित हुनुपर्ने आन्दोलन घुलमिल हुँदै अगाडि गयो । जसले विस्तारै हिजोका वर्गीय सोच हराउने, हिजोका आन्दोलनको स्पिरिट विलाउँदै गयो । अहिले बरु पार्टीभित्र गलत सोच र चिन्तन हाबी हुँदै गए । यसले विकृति र विसङ्गतिको डङ्गुर थुपारिएको छ । त्यसैले यो डङ्गुर समाप्त पार्ने आन्दोलन अघि नबढाएसम्म यो मुलुकमा हामीले २०२८ सालमा देखेको सपना पूरा हुनेवाला छैन । नेपाली जनताले अपेक्षा गरेका कुरा पनि पूरा हुनेवाला छैन । विकृति र विसङ्गतिलाई समाप्त गर्दै नेपाली जनताले देखेका सपना र अपेक्षा पूरा गर्न नयाँ धारा, नयाँ सोचबाट आजको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिमा नयाँ ढङ्गले अघि जानुपर्छ भन्ने मान्यता कम्युनिस्ट क्रान्तिकारीहरुले बोक्न जरुरी छ ।

झापा आन्दोलनका सक्रिय योद्धा तथा सुखानीमा क्रुरतापूर्वक हत्या गरिएका पाँच सहिदहरुका सहयोद्धा धनेन्द्र बस्नेतसँग गरिएको टेलिफोन कुराकानीमा आधारित रहेर तयार पारिएको लेख । बस्नेत हाल झापा बस्दै आउनुभएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...