शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना भाइरसको असर : नेपालको अर्थतन्त्रलाई गम्भीर संकट पार्न सक्ने चिन्ता

बुधबार, २१ फागुन २०७६, १२ : ३५
बुधबार, २१ फागुन २०७६

काठमाडौं । विश्वमै महामारीका रुपमा फैलिन खोजेको कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रलाई गम्भीर संकट पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गरेको छलफल कार्यक्रममा सहभागीले सो चिन्ता व्यक्त गरेका हुन् ।

संघका उपाध्यक्ष डा बढ्री केसीले कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई  गम्भीर संकट पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरे । 

संघले गठन गरेको वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख समेत रहेका डा केसीले संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको जानकारी दिए । 

 साथै उनले संघले वैदेशिक रोजगार सम्बन्धि आधिकारीक धारणा पत्र बनाउन गईरहेको बारे जानकारी दिँदै राय सुझावहरु दिनको लागि अनुरोध गगरे । 

छलफलमा सहभागीहरुले कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई असर गर्न सक्न्े भन्दै संघलाई यस सम्बन्धमा कसरी असर कम गर्न सकिन्छ भन्ने तर्फ विचार गर्न र विदेशको अनुभव ज्ञान र श्रोत उपयोग गर्न अनुरोध गरे । 

 कार्यक्रमा वैदेशिक रोजगारका विज्ञहरु डा गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पूर्ण चन्द्र भट्टराई, मधुविलाश पंडित, रामेश्वर नेपाल, गोविन्द मणि भूर्तेल लगायत,  एनआरएनका सचिव सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप