शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्यका रुपमा सपथ ग्रहणपछि कसले के भने ?

बुधबार, २१ फागुन २०७६, १३ : ०९
बुधबार, २१ फागुन २०७६

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले राष्ट्रियसभाको गरिमा कायम राख्दै नीति निर्माणका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् । 

नवनिर्वाचित राष्ट्रियसभा सदस्य विमला घिमिरेले सपथ ग्रहणपछि बोल्दै अनुशासित भएर आफ्नो कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाइन् । उनले सिंङ्गो नेपाली जनताको हित र राष्ट्रलाई सर्वोपरि राखेर गर्नुपर्ने सबै कुराहरुलाई नैतिक धरातल भित्र रहेर पूरा गर्ने प्रतिवद्धता जनाइन् । 
अर्का सदस्य देवेन्द्र दाहालले आफू निर्वाचित भएर आएको क्षेत्रका जनताप्रति उत्तरदायी भएर देशको नीति निर्माणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नीति निर्माणका साथै विकासको क्षेत्रमा पनि आफने भूमिका रहने उनले बताए । 

अर्का सदस्य मृगेन्द्रकुमार सिंहले प्रतिनिधिसभा र राष्ट्रिय पञ्चायतको आफ्नो अनुभवका साथ राष्ट्रियसभाको गरिमा कायम राख्दै आफूले कार्यसम्पादनमा भूमिका खेल्ने बताए ।  राष्ट्रियसभा परिपक्व संसद भएकाले विचारहरु परिपक्व आउनुपर्ने र निर्णय पनि परिपक्व ढंगले हुनुपर्ने उनले बताए । 

राष्ट्रियसभा सदस्यहरुले बुधबार पद तथा गोपनियताको सपथ दिएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पद तथा गोपनियताको सथप ग्रहण गराएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप