शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ह्वात्तै बढ्यो कोरोनाको संक्रमण, प्रधानमन्त्री मोदी होली कार्यक्रममा सहभागी नहुने

बुधबार, २१ फागुन २०७६, १३ : २१
बुधबार, २१ फागुन २०७६

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पटक होली कार्यक्रममा सहभागी नहुने निर्णय गरेका छन् । भारत कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि प्रधानमन्त्री मोदी यो साल हुने कुनै पनि होली कार्यक्रममा सहभागी नहुने भएका हुन् । प्रधानमन्त्री मोदीलाई चिकित्सकहरुको एक टोलीले कोरोना भाइरसबाट बच्न सल्लाह दिएसँगै उनले यो निर्णय लिएका हुन् ।   भारतमा बुधबारसम्म कोरोना संक्रमितको संख्या २८ पुगेको छ भने संक्रमण भएको आशंका ७० जनालाई निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यामहरुका अनुसार बुधबार मात्र भारतका आगरामा ६ जना, तेलंगाना र दिल्लीमा १–१ जना जयपुरमा इटलीका २ नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सम्भावित खतरालाई मध्यनजर गर्दैै दिल्ली सरकारले ३.५ लाख एन–९५ मास्कको व्यवस्था गरेको छ । 

भारतमा सबैभन्दा पहिले केरलामा ३ जनामा संक्रमित देखिएको थियो । यी तिनै जना अहिले उपचारपछि  घर फर्किएका छन् ।  त्यसपछि आगरामा ६ जनामा संक्रमित भएको पाइएपछि उनीहरुलाई दिल्लीस्थित सफरदंग अस्पतालमा भर्ना गरिएको छ । यी सबै व्यक्तिको सम्पर्कमा आएकाहरुको अहिले व्यापक खोजी भैरहेको जनाइएको छ  ।

त्यस्तै जयपुरमा इटलीका ६९ वर्षीया नागरिक एन्ड्री कार्लीलाई संक्रमित भएको पाइएको थियो । उनलाई ४ दिनपछि अस्पताल भर्ना गरिएको थियो । उनी लगायत २३ इटालियनलाई पनि दूतावासले निगरानीमा राखिएको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप