शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित

बुधबार, २१ फागुन २०७६, १४ : १५
बुधबार, २१ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गरेको छ । 

दोस्रो पटक मृगौलाको प्रत्यारोण गरिरहेका ओलीको स्वास्थ्य लाभको कामना गर्दै बुधबारको प्रतिनिधिसभा बैठकले विशेष प्रस्ताव पारित गरेको हो । 

बैठकले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोण कार्य सफलताका साथ सम्पन्न होस् भन्ने कामना समेत गरेको छ ।

 बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना पनि गरेको छ । सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यरोपण गरिँदैछ । ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिन लागेको हो । यसअघि भारतको एपोलो अस्पतालमा १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप