बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘हिरो रिटन्स्’ ट्रेलर : एक्सनमा देखिइन् रेखा थापा

बुधबार, २१ फागुन २०७६, १६ : १५
बुधबार, २१ फागुन २०७६

काठमाडौं । पछिल्लो समय अभिनेत्री रेखा थापा अभिनित कुनैपनि चलचित्र आएको छैन । फिल्म ‘हिरो रिटन्स्’का रेखा थापा अभिनित फिल्म हो ।

फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच  फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार रेखा थापा, सविन श्रेष्ठ र दिल श्रेष्ठ, सरोज खनाल लगायत देखिएका छन् । एक्सन, प्रेम र विछोड देखाइएको ट्रेलर ३ मिनेट लामो रहेको छ ।

बैशाख २६ गते प्रदर्शन मिति तोकिएको फिल्म आशिष भेटवालले निर्देशन गरेका हुन् । ‘धुर्व तारा फिल्मस्’ र ‘सोम ओम फिल्मस्’को संयुक्त व्यानरमा निर्माण भएकोफिल्मका निर्माता भिम न्यौपाने र धुर्व न्यौपाने हुन् ।

शिवम् अधिकारीको लेखन, कास्यप घिमिरेको छायाँकन तथा मित्र डि गुरुङको सम्पादन रहेको फिल्ममा दीपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजले कोरियोग्राफी तथा चन्द्र पन्तको द्वन्द्व समेटिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप