शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षालाई राजनीतिबाट मुक्त बनाउनुपर्छ: प्रदिप पौडेल

बुधबार, २१ फागुन २०७६, १८ : २८
बुधबार, २१ फागुन २०७६

तनहुँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बढ्दा शिक्षा क्षेत्र धरासायी बन्दै गएकामा उनले चिन्ता व्यक्त गरे । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका छात्रछात्रालाई आज झोला वितरण गर्दै केन्द्रीय सदस्य पौडेलले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए । उनले भने, ‘पछिल्लो समय शिक्षा क्षेत्रमा राजनीति हाबी भइरहेको छ, यसलाई रोक्नुपर्छ ।’

नेता पौडेलले प्राविधिक र गुणस्तरीय शिक्षा वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै शिक्षक र अभिभावकको चासोले शिक्षा क्षेत्रमा सुधार सम्भव रहेको बताए । उनले उत्कृष्ट सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा पौडेलले विद्यालयमा अध्ययनरत २०० विद्यार्थीलाई झोला वितरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप