नेकपाद्वारा ठूला भेला र जनसभा स्थागित
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नोवल कोरोना भाइरसको सङ्क्रमणका कारण ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरेको छ ।
सो पार्टीमा महासचिव विष्णुप्रसाद पौडेलले आज सर्कुलर जारी गरी पूर्वनिर्धारित ठूला भेला तथा जनसभा हाललाई स्थगित गरिएको जानकारी गराएका छन् ।
पार्टी तथा जनवर्गीय सङ्गठनका सबै तहका कमिटीका बैठक आयोजना गर्ने भने रोकाबट गरिएको छैन ।
पार्टीका सङ्गठित सदस्य र साधारण सदस्यको सदस्यता नवीकरणसम्बन्धी कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउन उनले निर्देशन दिए ।
सर्कुलरमा पार्टी जिल्ला कमिटीले कोरोना भाइरस र त्यसबाट जोगिने उपायका सम्बन्धमा जानकारीमूलक पर्चा तयार गर्ने र आफ्नो जिल्लाका प्रत्येक घर र व्यक्तिसमक्ष पु¥याउन भनिएको छ ।
सबै तहका पार्टी कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक जीवनका अगुवा र स्थानीय सञ्चारमाध्यमसँग समन्वय गरी कोरोना भाइसरबाट बच्ने उपायका सम्बन्धमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न पार्टीले सर्कुलरमा उल्लेख गरेको छ ।
सदस्यता शुल्क निर्धारण
यसैगरी पार्टीले सदस्यता शुल्क तोकेको छ । यही फागुन १८ गते भएको केन्द्रीय सचिवालय बैठकले २०७५ जेठ महिनादेखि लागू हुने गरी सङ्गठित सदस्यता शुल्क मासिक रु २५ र साधारण शुल्क मासिक रु १० कायम गरिएको महासचिव पौडेलद्वारा जारी सर्कुलरमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ