शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको भयानक त्रासबीच खरिपाटी क्वारेन्टाइनको सुखद अनुभूति

इमरान खानको १५ दिने क्वारेन्टाइन अनुभव : खरिपाटीमा बस्दा घरमै बसे जस्तो भयो
बिहीबार, २२ फागुन २०७६, ०६ : ५३
बिहीबार, २२ फागुन २०७६

कपिलबस्तु कृष्णनगरका इमरान खानको दैनिकी कोरोना भाइरसको महामारी नफैलियोस् भन्दै प्रार्थना गर्दै बित्न थालेको छ । चीनबाट उद्धार गरिएका १७५ जना मध्येका एक हुन् इमरान ।

भक्तपुरको खरिपाटीमा १६ दिनको क्वारेन्टाइन पुरा गरी सोमबार घर फर्किएका इमरान जस्तै अन्यले कोरोनाको महामारीबाट विश्वले छिटै मुक्ति पाउने आशामा प्रार्थना गरिरहेका छन् ।

इमरान चाहन्छन् छिट्टै कोरोनाको कहर समाप्त होस् र चीनको हुवेई प्रान्तमा रहेको उनी अध्ययनरत विश्वविद्यालयले फर्कन आग्रह गरोस् ।

उनी हरेक दिन प्रार्थना गरिरहेका छन् कि चीन छिट्टै महामारीमुक्त होस् र विश्वविद्यालयले उनी लगायत सवै नेपाली विद्यार्थीलाई पुनः विश्वविद्यालय फर्कन सूचना जारी गरोस् । त्यसैले उनी धेरैजसो समय कोरोनाबारे अध्ययन गर्न र समाचारहरु हेर्नमै बिताउन थालेका छन् ।

२०१५ मा एमबीबीएस अध्ययनका लागि हुवेई पुगेका इमरानको लागि चीन दोस्रो घर जस्तै लाग्छ । उनले चीनमा अध्ययनको सिलसिलामा पूरा ४ वर्ष बिताइसकेका छन् भने अध्ययनका लागि अझै तीन वर्ष उतै विताउनु पर्नेछ ।


चीनमा रहेका साथीभाइ अनि शिक्षकहरुसँग इमरानको लगाव परिवारका सदस्यहरुसँग जस्तै छ । त्यसैले उनी भन्छन्, ‘चीन मेरो लागि दोस्रो घर हो । चीनका साथीभाई शिक्षक सवै परिवारका सदस्यहरु जस्तै लाग्छन् ।’ उनको प्रार्थना लागोस् र चीन लगायत विश्व कोरोना भाइरसको कहरबाट छिट्टै बाहिर आओस् । सम्पूर्ण नेपालीको पनि कामना हो यो ।


चीनमा रहेका साथीभाइ अनि शिक्षकहरुसँग इमरानको लगाव परिवारका सदस्यहरुसँग जस्तै छ । त्यसैले उनी भन्छन्, ‘चीन मेरो लागि दोस्रो घर हो । चीनका साथीभाई शिक्षक सवै परिवारका सदस्यहरु जस्तै लाग्छन् ।’ उनको प्रार्थना लागोस् र चीन लगायत विश्व कोरोना भाइरसको कहरबाट छिट्टै बाहिर आओस् । सम्पूर्ण नेपालीको पनि कामना हो यो ।

कोरोना भाइरसको महामारी सुरु भएको चीनको हुवेई प्रान्तको ऊहानबाट उद्धार गरी ल्याइएका १७५ जना नेपाली १६ दिनको क्वारेन्टाइन पूरा गरेर घर फर्किइसकेका छन् । फागुन ४ गते नेपाल वायुसेवा निगमको जहाजबाट स्वदेश ल्याइएका उनीहरुलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएको थियो । गत सोमबार १७५ जनाकै स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट ‘कोरोनाको संक्रमण नदेखिएको’ आएसँगै उनीहरु घर जान पाएका हुन् ।

एमबीबीएस अध्ययनका लागि पुगेका इमरान र उनका साथीहरु कोरोना महामारीको उद्गम थलो ऊहानको चेन्सो सहरमा बस्दै आएका थिए ।

चीनबाट नेपाल फर्कन चाहनेहरुलाई फर्काउन नेपाल सरकार र चीनस्थित नेपाली दुतावासले गरेको पहललाई चीन सरकारले अनुमोदन गरी सहयोग गर्यो र स्वदेश फर्कन अनुमति दियो । अन्ततः नेपाल फर्कन चाहनेमध्ये १७५ जना नेपाल आए र दुई हप्ते क्वारेन्टाइनमा बसे ।


कोरोनाको महामारी फैलिएसँगै चीन सरकारले पुरै शहरलाई ‘लक्ड डाउन’ गर्यो । २२ दिन कोठामा थुनिएर बसे इमरानलगायत सबै । चीनबाट नेपाल फर्कन चाहनेहरुलाई फर्काउन नेपाल सरकार र चीनस्थित नेपाली दुतावासले गरेको पहललाई चीन सरकारले अनुमोदन गरी सहयोग गर्यो र स्वदेश फर्कन अनुमति दियो । अन्ततः नेपाल फर्कन चाहनेमध्ये १७५ जना नेपाल आए र दुई हप्ते क्वारेन्टाइनमा बसे । क्वारेन्टाइनको अवधि १४ दिनको भएपनि स्वास्थ्य परिक्षण र रिपोर्टका लागि उनीहरु १६ दिन बसे । रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु सबै घर जान पाएका थिए ।

क्वारेन्टाइन सकेर घर फर्कर्दै गर्दा नेपाल सरकारप्रति आभार प्रकट गर्न बिर्सिएनन् उनीहरुले ।  नेपाल सरकार र नेपाल आर्मी लगायत उनीहरुलाई सहयोग गर्नेहरुप्रति आभार प्रकट गर्दै गर्दा उनीहरुको आँखामा आँसु टिल्पिलाएको थियो । त्यसैले उनीहरु ‘नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावाद’ भन्दै नारा लगाउँदै घर हिडेका थिए ।

क्वारेन्टाइनमा बसेकाहरुको सवैभन्दा ठूलो खुसी स्वस्थ भएको भन्दै घर जान पाउनु थियो । उनीहरु जसरी जुलुस लगाउँदै सरकारलाई धन्यवाद भन्दै घर फर्किएका थिए लाग्थ्यो कि कुनै ठूलो युद्ध जितेर आएका सिपाहीहरु निस्किदै छन् खरिपाटीबाट ।

गत डिसेम्बरबाट चीनको हुवेई प्रान्तको ऊहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्व नै त्रसित छ यतिवेला । २२ दिन चीनको ‘लक डाउन’मा अनि नेपाल आएर १६ दिन क्वारेन्टाइनमा बसेका नेपाली विद्यार्थीहरुले आफूहरुले नयाँ जीवन पाएको भन्दै खुसीका आँसु बगाउँदै फर्किए ।

राजधानीमा घर भएकाहरु परिवारका साथ घर गए भने राजधानीमा घर नभएकाहरु सिधै बसपार्क पुगेर रात्री बस चढेर आ–आफ्नो घर गएका देखिन्थे ।

सरकारप्रति आभारी

इमरान खान १७५ जना मध्येका एक हुन् जसले हामीसँगको कुराकानीमा नेपाल र चीन सरकार प्रति बारम्बार आभार प्रकट गरे । चीन सरकारले स्वदेश फर्कन चाहनेहरुलाई गरेको सहयोग र नेपाल सरकारले आफ्ना नागरिकप्रति देखाएको सदासहायताले नेपाली हुनुमा फेरी एकपटक गर्व महसुस गरे उनले ।

चीन हुवेइ स्थित ऊहानमा रहेको याङ्ग्ट्जे विश्वविद्यालय (Yangtze University) मा एमबीबीएस चौंथो वर्षका विद्यार्थी इमरानलाई घर पुगिदैन कि भन्ने त्रास अन्यलाई जस्तै थियो । हुन त ‘लक्ड डाउन’मा रहेका नेपाली लगायत सवैलाई चीन सरकारले राम्रो सुविधा दिएको थियो । खाना तथा केही स्वस्थ्य समस्या भएमा तुरुन्तै पहल गरिहाल्थ्यो । खाना होस्टेलमै ल्याइदिन्थ्यो । संक्रमणबाट वच्न विभिन्न सचेतना जगाइरहन्थ्यो ।


चीन हुवेइ स्थित ऊहानमा रहेको याङ्ग्ट्जे विश्वविद्यालय (Yangtze University) मा एमबीबीएस चौंथो वर्षका विद्यार्थी इमरानलाई घर पुगिदैन कि भन्ने त्रास अन्यलाई जस्तै थियो । हुन त ‘लक्ड डाउन’मा रहेका नेपाली लगायत सवैलाई चीन सरकारले राम्रो सुविधा दिएको थियो । खाना तथा केही स्वस्थ्य समस्या भएमा तुरुन्तै पहल गरिहाल्थ्यो । खाना होस्टेलमै ल्याइदिन्थ्यो । संक्रमणबाट वच्न विभिन्न सचेतना जगाइरहन्थ्यो ।


आफ्नो जनताको सुरक्षाको लागि जे गर्न पनि तयार रहने चीनले विदेशबाट आफ्नो देशमा अध्ययन तथा अन्य शिलशिलामा आएका नागरिकप्रतिको जिम्मेवारीमा कुनै कसर बाँकी नराखेको इमरान बताउँछन् । उनी चीन सरकार, विश्वविद्यालय अनि शिक्षक तथा साथीहरुले गरेको सहयोग र साथबाट निकै खुसी छन् । साथै त्यो सदासयताप्रति सँधै ऋणी रहने बताउँछन् ।

इमरानको दुई जना साथीहरुलाई सामान्य समस्या देखिएपछि चीनले नेपाल पठाएन । उनीहरु उतै क्वारेन्टाइनमा बसे । भाइरसको महामारीका कारण निकै तनावमा रहेका कारणले पनि उनीहरुको शरीरको तापक्रम बढेको हुन सक्ने उनी बताउँछन् ।

चीन सरकारले सामान्य समस्या देखिएमा पनि आफैले सम्पूर्ण जिम्मेवारी लिएर बाहिर जानबाट रोक लगाएर धेरै नागरिकको सुरक्षा गरेको छ । वास्तवमै चीनको यो कार्यको विश्वले प्रशंसा गरेको छ । यता इमरानलाई भने आफ्ना साथीहरुलाई उतै छाडेर आउनुपर्दा दुःख लागे पनि आफ्नो राष्ट्रले गरेको पहलबाट आफूहरु स्वदेश आउन पाउँदा भने निकै खुसी छन् ।

नेपाल प्रवेशसँगै जव क्वारेन्टाइनका लागि खरिपाटी लगियो, उनीहरु अचम्ममा परेका थिए । कारण नेपाल सरकारको तर्फबाट जुन सेवा र सुविधा उनीहरुको लागि थियो त्यो सोचे भन्दा ज्यादै धेरै थियो । उनीहरुलाई स्वेदश फर्कन पाएमात्र हुने भन्ने मात्र थियो तर त्यहाँ उनीहरुलाई आवश्यक पर्ने सम्पूर्ण चीज थियो जस्तोः मन्जन, व्रसदेखि ह्यान्ड स्यानिटाइजर, सावुन, सर्फ, हिटर, गिजरदेखि वासिङ मेसिन सवै सुविधा दिइयो । त्यसैले उनी खुसी हुँदै भन्छन्, ‘खरिपाटी क्वारेन्टाइनमा बस्दा घर बसे जस्तो भयो ।’

कुनै समस्या भएमा वा केही चाहिएमा कन्ट्रोल रुमबाट खवर गरेपछि ल्याइदिने व्यवस्था भएकाले क्वारेन्टाइनमा बस्दा कुनै अभाव अनि अफ्टेरो महसुस गर्न नपरेको उनी बताउँछन् । खानाको व्यवस्था सोचे भन्दा राम्रो, सँगै मनोरञ्जन र खेलको व्यवस्था भएकाले १६ दिन कटाउन उनीहरुलाई निकै सहज भयो ।

क्वारेनटाइमा रहँदाको दिनचर्या

क्वारेन्टाइनमा रहँदा सवैको दिनचर्या निकै व्यवस्थित र अनुशासित भएको इमरान बताउँछन् । उनीहरु विहान सवेरै उठेर शारीरीक कसरत गर्ने, हरेक दिन शरीरको तापक्रम नाप्ने, व्रेकफास्ट गर्ने अनि पढाइमा लाग्थे ।

इमरानले पनि यही गरे, उनी हरेक दिन बिहान उठेर हातमुख धोएर शारीरिक व्यायाम गर्थे । दिनको तीन चार पटक शरीरको तापक्रम नाप्नु पर्ने भएकाले विहान तापक्रम नापेर मात्रै व्रेकफास्ट गर्थे अनि  पढाइमा लागि हाल्थे ।

इमरान भन्छन्, ‘क्वारेन्टाइन स्थलमा लुडो, चेस, क्यारेमवोर्ड, ब्याडमिन्टन, क्रिकेट, भलिवल खेल्न पनि सुविधा थियो । खाली समयमा हामी खेल खेल्ने, सरसफाइ गर्ने कपडा धुने लगायत गरिन्थ्यो ।  वास्वतमा यी सवै चिजको जरुरत पनि थियो । किन कि १६ दिनसम्म एकै स्थामा बस्दा यस्ता चिजले शारीरिक र मानसिक समस्या आउन दिँदैन थिए । खेल मानिसको लागि अति आवश्यक छ यो कुरा सरकार र क्वारेन्टाइन व्यवस्थापनले बुझीदिएकोमा हामी खुसी छौं ।’

इमरान भन्छन्, ‘विहान ११ वजे खाना आउथ्यो, दिउँसो ३ देखि ४ वजेको समयमा खाजा आउँथ्यो । खाजा पछि पनि कहिले खेल्ने त कहिले पढाइमै लागे । अनलाइन पढाइ भइरहेकाले विश्वविद्यालयका शिक्षकहरुसँग सिधै सम्पर्क गरी पढाइ गरें । दिनमा ४ घण्टा जति पढाइलाई दिएँ । साँझ ७ बजे पुनः खाना आउँथ्यो ।


इमरान भन्छन्, ‘विहान ११ वजे खाना आउथ्यो, दिउँसो ३ देखि ४ वजेको समयमा खाजा आउँथ्यो । खाजा पछि पनि कहिले खेल्ने त कहिले पढाइमै लागे । अनलाइन पढाइ भइरहेकाले विश्वविद्यालयका शिक्षकहरुसँग सिधै सम्पर्क गरी पढाइ गरें । दिनमा ४ घण्टा जति पढाइलाई दिएँ । साँझ ७ बजे पुनः खाना आउँथ्यो । खाना खाएपछि साँझ साथीभाई घर परिवारसँग फोनमा कुरा गर्ने अनि बाँकी समय पढाइमै लगाए । अहिले विश्वविद्यालय बन्द छ, आशा छ छिट्टै पढाइ पुन संचालन हुनेछ ।’

इमरानलाई हरेक दिन दुई तीन पटक घरबाट आमा बुवाको फोन आउँथ्यो । आमाले रुदै फोन गर्दा कतिवेला घर पुग्नु जस्तो नभएको होइन उनलाई । आफै पनि मेडिकलको विद्यार्थी भएकाले आफ्ना परिवार साथीहरुलाई कसरी संक्रमणबाट जोगिनेबारे सिकाइरहन्थे । चीनबाट फर्किएकाहरुमा संक्रमण छैन भन्ने आत्मविश्वास थियो कारण चीनमा रहँदा पनि उनीहरु आफ्नै कोठामा क्वारेन्टाइनमा बसेका थिए भने नेपाल आउँदा पनि विशेष सतर्कता अपनाइएको थियो । नेपालमा क्वारेन्टाइनमा बसेपछिको पहिलो स्वास्थ्य परीक्षणमा पनि रिपोर्ट नेगेटिभ आएको थियो त्यसैले पनि उनीहरु ढुक्क थिए आफूहरुलाई संक्रमण छैन भन्नेमा । र दोस्रो रिपोर्ट पनि नकारात्मक आएपछि भने उनीहरु ढुक्कले घर जान पाएका थिए ।

इमरान भन्छन्, ‘दोस्रो परिक्षणको रिपोर्टबारे समाचार त आइसकेको थियो तर जव माइकिङ भयो तव खुसीको सीमा नै रहेन । कतिवेला घर पुग्नु जस्तो भयो । केही सामान प्याक गरिसके पनि बाँकी सामान हतार हतार प्याकिङ गरेर बाहिर निस्कियौं । अनि यता घर हुनेहरु आफ्ना परिवारसँग गए भने म लगायत अन्य दुई साथी भने सिधै बसपार्क पुग्यौं र नाइट बस चढेर घर आयौं । घरमा सवैजना कुरेर बस्नु भएको थियो । परिवारमा अर्कै खुसीको माहौल थियो । अहिले आफ्नो घर परिवारसँग बस्न पाएका छौं यो भन्दा ठूलो खुसी के हुन सक्छ र ?’

सरकारले भनेको मानौं, सावधानी अपनाऔं

इमरान र उनीसँगै आएका सवै नेपालीहरु संक्रमण हुन नदिन अपनाउनुपर्ने सतर्कता अपनाएका कारण संक्रमणबाट जोगिए । उनीहरुमा संक्रमण हुन नदिन सतर्क थिए र भैहालेमा के गर्ने भन्नबारे पनि सचेत थिए । चीनमा ‘लक डाउन’मा परेकाले पनि उनीहरुमा संक्रमणको संभावना न्यून थियो । सावधानी अपनाएकाले संक्रमणबाट जोगिएको उनी बताउँछन् । त्यसैले पनि हामी आफै सचेत हुन जरुरी छ ।

त्यसैगरी, इमरान सवैलाई अपिल गर्छन, ‘भाइरसको संक्रमण उमेर बढेसँगै बढी हुन्छ । युवा अवस्थामा यसको संक्रमण हुन सक्ने संभावना कम हुन्छ । त्यसैले बृद्ध तथा रोगी व्यक्तिहरु विशेष सतर्क रहनुपर्छ । साथै अन्यले पनि सतर्कता अपनाउनु पर्छ । नेपाल सरकारले हाल जारी गरेको जानकारी अनुसारका पूर्वसावधानीहरु सवैले अपनाउने हो भने महामारी फैलन पाउँदैन ।’ 

 


इमरान सवैलाई अपिल गर्छन्, ‘भाइरसको संक्रमण उमेर बढेसँगै बढी हुन्छ । युवा अवस्थामा यसको संक्रमण हुन सक्ने संभावना कम हुन्छ । त्यसैले बृद्ध तथा रोगी व्यक्तिहरु विशेष सतर्क रहनुपर्छ । साथै अन्यले पनि सतर्कता अपनाउनु पर्छ । नेपाल सरकारले हाल जारी गरेको जानकारी अनुसारका पूर्वसावधानीहरु सवैले अपनाउने हो भने महामारी फैलन पाउँदैन ।’ 


इमरानको अनुभव छ, ‘चीनका जनता सरकारले भनेको मान्छन् । सरकारले तय गरेको नीतिनियमहरुलाई आत्मसात गर्छन् । सरकारको निर्देशन अनुसार उनीहरु चल्ने भएकाले यतिछिट्टै महामारी नियन्त्रणमा आउन थालेको हो ।’

उनी अनुरोधका शैलीमा भन्छन्, ‘हामी नेपालीहरुले पनि सरकारले भनेको मानौं । न्यूनतम सतर्कताका नियमहरुलाई अवलम्बन गरौं । कसैलाई संक्रमणको संका लागेमा अस्पताल जाऔं अथवा आफूलाई आफ्नै घरमा क्वारेन्टाइनमा राखौं । यो एकदमै सही तरिका हो ।’

कोरोनाबाट बच्नको लागि इमरानको ‘टिप्स’ छः ‘भीडभाडमा नजाने, पार्टी, भेला, सभा सम्मेलन सवै स्थगित गरौं । बारम्बार हात धुने, मास्कको प्रयोगलगायत स्कूल, अस्पताल, सिनेमा हलमा विशेष सतर्कता अपनाउने गरियो भने महामारी फैलन पाउँदैन । यसबारे सचेतना फैलाउँदै सरकारलाई सहयोग गरौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप