शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साहित्यकार भट्टलाई ८५ संस्थाले अभिनन्दन गर्ने

बिहीबार, २२ फागुन २०७६, १६ : १४
बिहीबार, २२ फागुन २०७६

काठमाडौं ।  वरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टलाई प्रगतिशील लेखक सङ्घ र विभिन्न ८४ सङ्घसंस्थाले गर्ने अभिनन्दन कार्यक्रमको तयारी पूरा भएको छ । शुक्रबार आयोजना गर्न लागिएको कार्यक्रमका सम्पूर्ण तयारी पूरा भएको मूल आयोजक समितिले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । भट्टलाई नेपाल प्रज्ञा–प्रतिष्ठानमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्मान गर्नेछ  । 

सङ्घका अध्यक्ष प्राडा जीवेन्द्रदेव गिरीले साहित्य, शिक्षा र राजनीतिक क्षेत्रमा भट्टले गर्नुभएका उनले मुलुकको सामाजिक रूपान्तरणमा निकै महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भट्टको गौरवशाली विगतबाट समाजले लाभ लिइरहेकाले सम्मान गर्न उचित ठानिएको बताए ।

भट्टका कविता, निबन्ध, समीक्षा, चिन्तन एवं दर्शन विषयका कृति प्रकाशित छन् । उनका फुटकर लेख, रचना, अन्तरर्वार्ता, चिट्ठीपत्र र दैनिकी पनि प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा  र बेलायतको लन्डन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर भट्टले काठमाडौँको विश्वनिकेतन हाइस्कूलमा विसं २०१४ देखि २०१६ सम्म, धनकुटा डिग्री कलेजमा २०१६ देखि २०१८ सम्म र महेन्द्र  डिग्री कलेज धरानमा २०१९ देखि २०२२ सम्म शिक्षण गरेको छ ।

उनी विसं २०२२ देखि २०३० सम्म वीरेन्द्र इन्टर कलेज चितवनमा प्रिन्सिपल भएका थिए । वि.सं २०३० साउनदेखि २०४५ सम्म त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपप्राध्यापक र उपनिर्देशक उनले २०४५ पछि त्रिवि अङ्ग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापन गरेका थिए । हाल उनी अल्जाइमर रोगका कारण कर्मशील जीवनबाट अलग्गिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप