मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जनता खुशी नपारे समाजवाद र कम्युनिस्ट पार्टी टिक्दैनन्: माधव नेपाल

बिहीबार, २२ फागुन २०७६, १७ : ३६
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनतालाई खुशी पार्न नसके समाजवाद र कम्युनिष्ट पार्टी नटिक्ने बताएका छन् ।  मदन भण्डारी फाउन्डेशन सामाजिक अभियान विभागले काठमाडौंमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला –५, नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिष्ट पार्टी टिक्नजनता खुसी हुनुपर्ने बताएका हुन् ।

‘आफ्नो देशका जनतालाई खुसी पार्न सकिएन भने त्यो समाजवाद पनि टिक्दैन, कम्युनिष्ट पार्टी पनि टिक्दैन, त्यो लोकप्रिय पनि हुँदैन’, नेता नेपालले भने, ‘जुन आफ्नो समाजमा जनताको बीचमा जनताको मन र भावनालाई जित्न सक्नुपर्छ । त्यो मन र भावनालाई बुझ्नालाई फेरि पनि मुल कुरा भनेको उही जनता नै केन्द्र हो ।’

२१ औं शताब्दीको जनवादले प्रतिस्पर्धामा श्रेष्ठताको सिद्धान्तलाई अंगिकार गरेको भन्दै उनले  कम्युनिष्ट पार्टीका नेताले सर्वाहरा वर्गको नारा दिएर मात्र नहुने र आफुलाई प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्न सक्नुपर्ने धारणा राखे । 

उनले समाजवादका राम्रा पक्षलाई लिएर पश्चिम युरोपका केही मुलुकले ठुलो उपलब्धी हासिल गरिसकेको तर समाजवाद मान्नेहरुले पूँजीवादका राम्रा पक्षलाई लिन नसक्दा अझैपनि संघर्ष गरिरहनुपरेको बताए ।  उनले जनतासँग एकाकार हुनु, जनताको भाषा बुझ्नु र बोल्नु जनताको भावनासँग सँधै जोडिनु र सम्मान गर्नु, जनतालाई सचेत गाग्रित, संगठित र परिचालित गर्नु जनतामाथि असिम भरोसा गर्नु नै जनताको बहुदलीय जनवादको मुल पक्ष भएको बताए । 

नेता नेपालले जवज जनतालाई अधिकार सम्पन्न बनाउने विचार भएकाले चिन्तन काम र आचरण जनताबाट निर्देशित हुनुपर्ने भन्दै सुनसान र स्तब्ध निरास वातावरणबीच उत्पन्न दुविधालाई समाप्त पार्दै जवज लाइटहाउसको रुपमा विकास भएको दावी समेत गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप