शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मिस वर्ल्ड टोनीले भनिन्, ‘नमस्ते नेपाल, तपाईंको न्यानो स्वागतका लागि धन्यवाद’

शुक्रबार, २३ फागुन २०७६, ०८ : ३७
शुक्रबार, २३ फागुन २०७६

मिस वर्ल्ड –२०१९ बिजेता टोनी–एन–सिंह नेपालमा छिन् । उनी बिहिबार मध्यान्ह त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् । संस्कृति, पर्यटन र उड्डयन मन्त्रालयको निमन्त्रणमा नेपाल आएकी सिंहसँग मिस वर्ल्ड आयोजकका अध्यक्ष जुलिया मार्ले  र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका छन् ।

टोनीले मिस वर्ल्डको आधिकारिक इन्स्टाग्राममार्फत् सबै नेपालीलाई न्यानो स्वागतका लागि धन्यवाद दिएकी छिन् । उनले सुन्तला रङको ढाकाको साडी लगाएको तस्बिर पोष्ट गर्दै लेखेकी छिन्, ‘नमस्ते नेपाल, तपाईंको न्यानो स्वागतको लागि धन्यवाद ।’

तीन दिनको भ्रमणमा आएको मिस वर्ल्ड अर्गनाइजेसनको टोली  ७ मार्चमा फर्किने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप