बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एसओएस बालग्राममा एकल महिलालाई तालिमसहित आकर्षक रोजगारीको अवसर (सूचनासहित)

शुक्रबार, २३ फागुन २०७६, ०९ : ०९
शुक्रबार, २३ फागुन २०७६

काठमाडौं । पारिवारिक संरक्षणबिहीन तथा परिवारको संरक्षणबाट बञ्चित हुने अवस्थामा रहेका बालबालिकाका लागि नेपालमा ४८ वर्षदेखि कार्यरत एसओएस बालग्रामले २५ जना एकल महिला (अविवाहित, विधवा तथा पारपाचुके गरेका) लाई १२ महिने तालिमसहित रोजगारी दिने भएको छ । 

१० कक्षा उत्तीर्ण भइ २५ देखि ३५ वर्ष ननाघेका एकल महिलाले आगामी चैत १२ गतेभित्र आवेदन दिन सक्ने शुक्रबार प्रकाशित एक सूचनामा उल्लेख छ । 

सूचनाअनुसार तालिममा छनोट भएका २५ जनालाई ३ महिने सैद्धान्तिक तालिम अवधिमा खाना, आवासीय सुविधा र मासिक १३ हजार रुपैयाँ दिइनेछ भने ३ महिने सैद्धान्तिक तालिमपछि छानिएका उम्मेदवारलाई मासिक १३ हजार र खाना तथा आवासीय सुविधा दिइनेछ । 

यसैगरी १ वर्षको तालिम सकिएपछि उनीहरुलाई एक वर्ष परीक्षणकाल कायम गरेर विभिन्न एसओएस बालग्राममा खटाइनेछ भने त्यहाँ काम गर्दा उनीहरुले खाना र आवासीय सुविधासहित १४ हजार पारिश्रमिक (कार्यबाहक आन्टी पद) र १७ हजार पारिश्रमिक (कार्यबाहक आमा पद) मा पाउनेछन् । 

यसैगरी परीक्षणकाल सकिएपछि उनीहरुलाई स्थायी नियुक्ति दिइने सूचनामा उल्लेख छ । स्थायी भएकाले आन्टी पदमा २० हजार २०० र आमा पदमा २५ हजार ६०० पारिश्रमिकसहित खाना र आवासीय सुविधा पाउनेछन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप