हिँडडुल गर्न थाले प्रधानमन्त्री ओली
शुक्रबार, २३ फागुन २०७६, १६ : २१
काठमाडौं । बुधबार मृर्गौला प्रत्यारोपन गरेर उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार आएको र आजदेखि उहाँलाई हिँडडुल गराउन थालिएको जनाएको हो ।
अस्पतालका अनुसार प्रधानमन्त्री ओलीका सबै भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन् । त्यस्तै प्रधानमन्त्री ओलीलाई मृर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि क्रमिक सुधार आइरहेको अस्पतालले जानकारी दिएको छ । उनलाई पनि ठोस आहारा दिन थालिएको जनाइएको छ । प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने