अस्पतालको शैय्याबाटै बोले प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार भइरहेको छ । बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई शुक्रबारबाट हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ ।
उनलाई शुक्रबारबाट नै ठोस आहार दिन थालिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बताए । प्रधानमन्त्रीको भाइटल र ल्याब रिपोर्ट सामानय रहेको उनले बताए । डा.खड्काले मृगौलादाता समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार भएको बताएका छन् । उनलाई पनि ठोस आहार दिन थालिएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्री आफैले आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमाललाई टेलिफोन गरेर आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिनुभएको बताए । प्रधानमन्त्री ओलीले रिमाललाई टेलिफोनमा ‘मेरो स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ । म छिटो काममा फर्किन्छु । यो कुरा साथीहरुलाई, देशवासीहरुलाई भनिदिनुहोला’, भनेको थापाले बताए । अहिले उपचारमा संलग्न चिकित्सकको टोली बाहेक कसैलाई पनि भेट्न नदिएको पनि थापाले बताएका छन् ।
सोमबार अस्पताल भर्ना भएका ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिएको थियो । १२ ओलीको भारतको एपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार