केन्द्रीय संस्करण
शनिवार साहित्य

ठूला मान्छे जुलूसमा किन आउँछन् ? मर्ने त हामी हौं, जसको यहाँ दुई छाक खानाको टुंगो छैन !

प्रेमचन्दको कालजयी कथा ‘जुलूस’को नेपाली रुपान्तरण

person explore access_timeफागुन २४, २०७६ chat_bubble_outline0

 

पूर्ण स्वराज्यको जुलूस निक्लिरहेथ्यो । केही युवक, केही बूढा, केही बालकहरु झण्डापताका लिएर ‘बन्देमातरम्’ गाउँदै मालरोडको सामुन्नेबाट निक्लिए । दुवैतर्फ दर्शकहरुको पर्खाल खडा थियो, मानौ यो कुनै तमासा हो र उनीहरुको काम उभिएर हेर्नु मात्रै हो ।

शम्भुनाथले पसलको डिलमा उभिएर आफ्नो छिमेकी दीनदयाललाई भन्यो– “यी सबैजना कालको मुखमा जाँदैछन् । अलिपर तयार भएर बसेको पुलिसले यिनीहरुलाई कुटिकुटी खेद्ने छन् ।”

दीनदयालले सही थाप्यो– ‘महात्माजी पनि बहुलाएछन्  ! जुलूस निकालेर पनि स्वराज्य पाइने भए त उहिल्यै पाइसकिने थियो होला । जुलूसमा फेरि कस्ता–कस्ता मानिस छन्– आलाकाँचा, लफंगा र दिमाग ठेगानमा नभएका केटाहरु । शहरका ठूलाबडा त कोही छैनन् ।’


‘महात्माजी पनि बहुलाएछन्  ! जुलूस निकालेर पनि स्वराज्य पाइने भए त उहिल्यै पाइसकिने थियो होला । जुलूसमा फेरि कस्ता–कस्ता मानिस छन्– आलाकाँचा, लफंगा र दिमाग ठेगानमा नभएका केटाहरु । शहरका ठूलाबडा त कोही छैनन् ।’


मैकू सार्की चप्पल र स्लीपरहरुको माला घाँटीमा झुण्ड्याएर उभिइरहेका थिए । यी दुईजना सेठहरुको कुरा सुनेर ऊ हाँँस्यो ।

शम्भुले सोध्यो– ‘किन हाँसेको मैकू ? आज त तिमी पनि खुसी देखिन्छौ ।’

मैकूले जवाफ दियो– ‘शहरको ठूलो मान्छे जुलूसमा छैन भनेर तपाई्रले भनेको सुनेर हाँसेको । ठूला मान्छे जुलूसमा किन आउँछन् ? तिनीहरुलाई यो शासन व्यवस्थामा नपुग्दो नै के छ र ? बंगला र महलमा बस्छन्, मोटरमा घुम्छन्, अंग्रेज साहेबहरुसित भोजभतेर खान्छन् । के दुःख छ उनीहरुलाई ? मरिरहेका छ हामी छौं, जसलाई यहाँ दुई छाक खानाको टुंगो छैन । तिनीहरु त अहिले कोही टेनिस खेल्दै होलान्, कोही चिया खाँदै होलान्, कोही ग्रामोफोनमा गीत सुन्दै होलान्, कोही पार्कमा घुम्दै होलान् । यहाँ किन आउँथे पुलिसको लट्ठी खान । तपाईले ठीक कुरा गर्नुभयो ?’

शम्भुले भन्यो– “तिमी यी सबै कुरा के बुझ्छौ मैकू; जुुन काममा दुईचार ठूला मानिसहरु अगुवा हुन्छन्, त्यसको मात्रै सरकारमाथि पनि धाक जम्छ । आलाकाँचा, लफंगा केटाहरुको हूलको हाकिमको नजरमा के अर्थ हुन्छ र ?’

मैकुले यस्तो दृष्टिले हेर्‍यो, जसले भनिरहेको थियो, यी कुराहरु बझ्ने ठेक्का तिमीले नै मात्र लिएका छैनौं, र भन्योे– ‘ठूला मानिसहरुलाई बनाउने र बिगार्ने त हामी नै हौं, कि अरु नै हो ? कतिलाई पहिले कसैले चिन्दैनथ्यो, हामीले नै बनाएर ठूलो मानिस बन्यो र अहिले गाडीमा हिँडेर हामीलाई नै तल्लो सम्झन्छ । यो तिनीहरुको बानीको खुवी हो कि जसको जरा बढ्दै गयो र हामीलाई नै वेवास्ता गर्न थाल्यो । हाम्रो लागि ठूलो मानिस त ऊ हो, जो लगौंटी लाएर खाली खुट्टै धुमिहिँड्छ, जो हाम्रो अवस्था सुधार्नका निम्ति ज्यानै हातमा लिएर हिँड्छ, डुल्छ । र, हामीलाई कुनै ठूलो मानिसको परवाह छैन । साँच्चै सोध्नुहुन्छ भने, यिनै ठूला मासिनहरुले हाम्रो देशलाई विगारिरहेका छन् । यिनीहरुलर्य सरकारले कुनै राम्रो स्थान दिनेबित्तिकै उसैको गुणगान गर्न थालिहाल्छ ।’


‘ठूला मानिसहरुलाई बनाउने र बिगार्ने त हामी नै हौं, कि अरु नै हो ? कतिलाई पहिले कसैले चिन्दैनथ्यो, हामीले नै बनाएर ठूलो मानिस बन्यो र अहिले गाडीमा हिँडेर हामीलाई नै तल्लो सम्झन्छ । यो तिनीहरुको बानीको खुवी हो कि जसको जरा बढ्दै गयो र हामीलाई नै वेवास्ता गर्न थाल्यो । हाम्रो लागि ठूलो मानिस त ऊ हो, जो लगौंटी लाएर खाली खुट्टै धुमिहिँड्छ, जो हाम्रो अवस्था सुधार्नका निम्ति ज्यानै हातमा लिएर हिँड्छ, डुल्छ ।


दिनदयाल– ‘पुलिसको नयाँ हाकिम साह्रै क्रुर छ । चौबाटो पुग्नेबित्तिकै कोडा लिएर आइलागिहाल्छ । त्यो बेला हेर्नु, कसरी सबैजना पुच्छर लुकाएर भाग्नेछन् । मज्जा आउनेछ ।’

स्वाधीनताको नशामा चूर भएर जुलूस चौबाटोमा पुगेपछि देखे, अगाडि त  घोडचढी र पैदल सिपाहीहरुको एउटा टोली बाटो रोकेर बसेको छ ।

अचानक पुलिस हाकिम बीरबलसिंह घोडालाई अगाडि बढाएर जुलूसको सामुन्ने आएर भने– “तिमीहरुलाई यहाँबाट अगाडि जाने आदेश छैन ।”

जुलूसका बुढो नेता इब्राहीम अली अघि सरेर भन्यो– ‘म तपाईंलाई आश्वासन दिन्छु, कुनै प्रकारको दंगा–फसाद हुनेछैन । हामी पसल लुट्न या गाडी फोर्न निक्लेका होइनौं । हाम्रो उद्देश्य योभन्दा कैयौं उँचो छ ।’

वीरबलले दोहोर्‍यायो– ‘जुलूसलाई यहाँदेखि अघि जान नदिनू भन्ने मलाई आदेश छ ।’

इब्राहीम – ‘तपाईं आफ्नो अफिसरलाई एकपल्ट सोध्नुहोस् न ।’

वीरबल – ‘म सोध्न कुनै आवश्यक ठान्दिनँ ।’

इब्राहीम – ‘हामी यहीँ बस्नेछौं । तपाईंहरु गएपछि मात्र हामी जानेछौं ।’

वीरबल –  ‘उभिने पनि आदेश छैन । तिमीहरु यहाँबाट फर्कनु पर्नेछ ।’

इब्राहीमले गम्भीर भावका साथ भन्यो– ‘हामी फर्कने त छैनौं । हामीलाई रोक्ने अधिकार तपाईं या कसैलाई पनि छैन । तपाईं आफ्ना घोडाचढी, संगीन–बन्दूकको बलमा हामीलाई रोक्न चाहनुहुन्छ भने रोक्नुहोस्, तर हामीलाई फर्काउन सक्नुहुनेछैन । थाहा छैन त्यो दिन कहिले आउला, जुन दिन हाम्रा दाजुभाइहरुले यस्ता आदेशको पालना गर्न हाक्काहाक्की इन्कार गर्नेछन्, जुन आदेशको उद्देश्य केवल देशलाई गुलामीको साङ्लोले बाँध्नु मात्र हो ।’


‘हामी फर्कने त छैनौं । हामीलाई रोक्ने अधिकार तपाईं या कसैलाई पनि छैन । तपाईं आफ्ना घोडाचढी, संगीन–बन्दूकको बलमा हामीलाई रोक्न चाहनुहुन्छ भने रोक्नुहोस्, तर हामीलाई फर्काउन सक्नुहुनेछैन । थाहा छैन त्यो दिन कहिले आउला, जुन दिन हाम्रा दाजुभाइहरुले यस्ता आदेशको पालना गर्न हाक्काहाक्की इन्कार गर्नेछन्, जुन आदेशको उद्देश्य केवल देशलाई गुलामीको साङ्लोले बाँध्नु मात्र हो ।’


बीरबल ‘ग्र्याजुएट’ थियो । उसको बुबा पुलिस सुपरिन्टेन्डेन्ट थिए । उनको नशा नशामा अभिमान भरिएको थियो । अफिसरहरुका माझ उसको ठूलो इज्जत थियो । गोरो, नीला आँखा, कैलो केश, आकर्षक व्यक्तित्व । पुलिसको पोशाक लाएपछि ऊ आपूmलाई यहीँको बासिन्दा हुँ भन्ने कुरा पनि भुल्ने गथ्र्यो । ऊ आफूलाई शासक जातिको नै हिस्सा सम्झने गथ्र्यो । तर इब्राहीमको तिरस्कारपूर्ण शब्दले उसलाई केहीबेर लज्जित तुल्यायो । स्थिति नाजुक थियो । जुलूसलाई छोडिदिऊँ, उसलाई सोधपुछ गरिनेछ, त्यहीँ रोकिराखौं भने थाहा छैन, कतिबेलासम्म रहिरहने हो ।  यो संकटमा परिरहेको बेला उसले घोडा चढेर डीएसपी आउँदै गरेको देख्यो । अब सोच्ने विचार गर्ने समय थिएन । यही मौका थियो– आफ्नो चर्तिकला देखाउने । त्यसैले उसले कमरबाट डण्डा  निकाल्यो र अनि घोडालाई अघि बढाउने खुट्टाले पेटमा हल्का हिर्काएर जुलूसमाथि जाइलाग्यो । उसका पछिपछि अन्य घोडचडी सिपाहीहरु पनि जुलूसमाथि खनिए । इब्राहीम ती पुलिस हाकिमको घोडाको सामुन्ने थियो– उसको टाउकोमा डण्डाको प्रहार आँखा नै तिल्मिलाउने गरी बज्र्यो । त्यहीबेला थानेदारको घोडाले दुइटै खुट्टा हावामा उठाएर जमीनमा बसेको इब्राइहिम उसको टापको मुनि परे ।


जब आघात र अपमान नै सहनु छ भने हामीले यो पर्खालालाई पार गर्ने चेष्टा किन नगर्ने ? जुलूसका सहभागीरुलाई याद आयो कि शहरका लाखौं मानिसहरुको आँखा हामीतिरै फर्केका छन् । यहाँबाट झण्डा लिएर हामी फर्क्यौं भने कुन मुखले आजादीको नाम लिनु; तर ज्यान बचाउनको लागि त्यहाँबाट भाग्ने ध्यान कसैलाई पनि आएन । यो खानका लागि आएका, भाडाका टट्टूको दल थिएन । स्वाधीनताका साँचो स्वयंसेवकहरुको, स्वतन्त्रताको लागि मरिमेट्नेहरुको संगठित दल थियो, जसले आफ्नो उत्तरदायित्व राम्ररी बुझ्दथ्यो ।


अहिलेसम्म जुलूस शान्त थियो । इब्राहीम लडेको देखेर केही मानिसहरु उनलाई उठाउनका लागि लम्किए तर तिनीहरु कोही अगाडि बढ्न सकेनन् । अर्कोतिर घोडचढीहरुले निर्ममतापूर्वक लाठी बर्साइरहेका थिए । जुलूसमा सहभागी मानिसहरु हातले डण्डाको प्रहार छेक्थे र अविचलित रुपमा खडा भएर बसेका थिए । हिंसाको भावनाबाट प्रभावित नभइरहन उनीहरुका लागि प्रतिक्षण कठिन हुँदै गइरहेको थियो । जब आघात र अपमान नै सहनु छ भने हामीले यो पर्खालालाई पार गर्ने चेष्टा किन नगर्ने ? जुलूसका सहभागीरुलाई याद आयो कि शहरका लाखौं मानिसहरुको आँखा हामीतिरै फर्केका छन् । यहाँबाट झण्डा लिएर हामी फर्क्यौं भने कुन मुखले आजादीको नाम लिनु; तर ज्यान बचाउनको लागि त्यहाँबाट भाग्ने ध्यान कसैलाई पनि आएन । यो खानका लागि आएका, भाडाका टट्टूको दल थिएन । स्वाधीनताका साँचो स्वयंसेवकहरुको, स्वतन्त्रताको लागि मरिमेट्नेहरुको संगठित दल थियो, जसले आफ्नो उत्तरदायित्व राम्ररी बुझ्दथ्यो । कतिको टाउको फुट्यो, कतिको हातमा चोटपटक लागेको थियो । एउटा आवाजमा मात्रै पनि उनीहरुले ती  घोडचढीको समूहलाई धूलोपीठो पार्न सक्ने थियो, तर उनीहरुको हातखुट्टा सिद्धान्त, घर्म र आदर्शको बेडीले बाँधिएको थियो । दश÷पन्ध्र मिनेटसम्म उनीहरुमाथि डण्डाको प्रहार भइनैरह्यो र सबै शान्तिपूर्वक उभिइरहे ।

यो दमनको खबर  केही बेरमै शहरभरि फैलियो । इब्राहीमलाई घोडाले कुल्चियो, धेरै घाइते भए, कतिका हात–खुट्टा भाँचिए त न त उनीहरु पछि नै हटे न त पुलिसले नै अगाडि जान दिन्छ ।

मैकूले उत्तेजित हँदै भन्यो– ‘अब त यहाँ बसिबस्न सकिन्न । म पनि जान्छु ।’

दीनदयालले भन्यो– ‘म पनि जान्छु भाइ, जे हुन्छ, देखा जाएगा ।’

शम्भू एक मिनेटसम्म चूपचाप उभिइरहयो । एकाएक उसले पनि भन्यो– ‘एक दिन त मर्ने छ, जेसुकै होस् । आखिर तिनीहरु सबैका लागि त ज्यान दिइरहेछन् ।’

हेर्दाहेर्दै धेरैजसो पसलहरु बन्द भए । केही बेरअघि तमाशा हेर्नेहरु पनि जम्मा भए र हजारौं मानिसहरुको एउटा ठूलो हुल घटनास्थलतिर अघि बढ्यो । यो उन्मत्त र हिंसाको आवेगले भरिएका मानिसहरुको हुल थियो, जसलाई सिद्धान्त र आदर्शको परवाहा थिएन । जो मर्नको लागि मात्र हैन, मार्नको लागि पनि तयार थियो । धेरैको हातमा हातमा लट्ठी थिए– कतिले गोजीमा ढुंगा पनि हालेका थिए ।  सबै मनमा एक दृढ संकल्प लिएर अघि बढिरहेका थिए, मानौं वर्षाको बादल उर्लेर आइरहेछ ।


यो उन्मत्त र हिंसाको आवेगले भरिएका मानिसहरुको हुल थियो, जसलाई सिद्धान्त र आदर्शको परवाहा थिएन । जो मर्नको लागि मात्र हैन, मार्नको लागि पनि तयार थियो । धेरैको हातमा हातमा लट्ठी थिए– कतिले गोजीमा ढुंगा पनि हालेका थिए ।  सबै मनमा एक दृढ संकल्प लिएर अघि बढिरहेका थिए, मानौं वर्षाको बादल उर्लेर आइरहेछ ।


यो हूललाई देख्नेबित्तिकै सिपाहीहरुबीच हलचल मच्चियो । बीरबलको अनुहार निलोकालो हुन थाल्यो ।  डी.एस.पी.ले आफ्नो मोटर कुदायो । शान्ति र अहिंसाका ब्रतधारीहरुमाथि डण्डा बर्साउनु एउटा कुरा थियो तर तर उन्मत्त हूलसित भिड्नु अर्को कुरा । घोडचढी र सिपाही पछाडि हटे ।

 इब्राहीमको ढाडमा घोडाहरुले कुल्चियो । ऊ  भुइँमा अचेत भएर लडिरहेथ्यो । भीडको हल्ला सुनेर उसको आँखा आफैं खुल्यो । एउटा युवकलाई इशाराले बोलाएर सोध्योे– “के हो कैलाश, के मानिसहरु शहरबाट आउँदैछन् ?”

कैलाशले त्यो उर्लंदो रुपमा अघि बढिरहेको भीडतिर संकेत गर्दै भन्यो– ‘हो, हजारौं मानिसहरु आएका छन् ।’

इब्राहीम– ‘अब ठीक हुन्न, झण्डा फर्काऊ, हामी तुरन्तै फर्कनुपर्छ नत्र तुफान मच्चिने छ । हामीले आफ्ना भाइहरुसँग लडाइ गर्नु हुँदैन । तुरुन्तै फर्क ।’

यति भन्दै उसले उठ्ने कोशिस ग¥यो, तर सकेन ।

ईशाराको मात्रै प्रतिक्षा थियो, संगठित सेनाझैं आदेश पाउनेबित्तिकै उनीह पछाडि हटे । झण्डाको बाँस, टाउकोको पगरी र रुमालहरुले एउटास्ट्रेचर तुरुन्तै तयार भयो । उनीहरुले इब्राहीमलाई त्यसमा सुताए र पछाडि फर्के । तर के उनी परास्त भएका थिए ? केही मानिसहरुलाई उनीहरु हारेका हुन् भन्ने कुरा मान्नमा नै सन्तोष हुन्छ भने होस्, तर वास्तवमा उनीहरुले एउटा युगान्तकारी विजय प्राप्त् गरेका थिए । उनीहरुलाई थाहा थियो, हाम्रो संघर्ष आफ्नै दाजुभाइसित छ, जसको हित परिस्थितिहरुका कारण हाम्रो हितभन्दा अलग छ । हामीले उनीहरुसँग दुश्मनी गर्नुहुन्न । फेरि, उनीहरु पनि त चाहँदैनन् कि शहरमा लूटपाट, दंगाफसाद मच्चियोस् र धर्मयुद्धको अन्त्य लुटिएका पसलहरु, फुटेका टाउकाहरु हुन्, उनका विजयको सबैभन्दासबभन्दा उज्वल चिन्ह यो थियो कि उनीहरुले जनताका सहानुभूति प्राप्त गरेका थिएृ । ती मानिसहरु, जो पहिले उनीहरुलाई देखेर गिल्ला गर्थे, उनीहरुको धैर्य र शाहस देखेर उनीहरुलाई सहायता गर्न आएका थिए । मनोवृत्तिको यो परिवर्तन नै हाम्रो ठूलो विजय थियो । हामीले कोहीसँग लडाइ गर्न आवश्यक नै छैन, हाम्रो उद्देश्य जनताको सहानुभूति प्राप्त गर्न हो, उनीहरको मनोवृत्तिहरुर्ला बदल्नु हो । जुन दिन हामी यो लक्ष्यमा पुग्छौं, त्यही दिन स्वराज्यको सूर्य उदय हुनेछ ।

तीन दिन बितिसकेको थियो । वीरबलसिंह आफ्नो कोठामा बसेर चिया पिइरहेका थिए । उसकी पत्नी मिठ्ठनबाई नानीलाई काखमा लिएर छेउमै उभिइरहेकी थिई । वीरबलसिंहले भन्यो– ‘त्यसबेला म के गर्न सक्थें र ? डी.एस.पी. पछिल्तिर उभिरहेथ्यो । तिनीहरुलाई छोडिदिएको भए आफ्नै प्राण मुश्किलमा पर्ने थियो ।’

मिठ्ठनबाईले टाउको हल्लाएर भनी– ‘तपाईंले कमसेकम उनीहरुलाई लठ्ठी हान्न त रोक्न सक्नुहुन्थ्यो नि ! तपाईंको काम मानिसहरुमाथि लाठी चलाउने हो ? तपाईं बढीभन्दा बढी उनीहरुलाई रोक्न सक्नुहुन्थ्यो । पछि तपाईंलाई अपराधीहरुलाई लठ्ठी हान्ने काम दिइयो भने शायद तपाइँलार्ई अति आनन्द आउनेछ होला, कि के हो ।’


मिठ्ठनबाईले टाउको हल्लाएर भनी– ‘तपाईंले कमसेकम उनीहरुलाई लठ्ठी हान्न त रोक्न सक्नुहुन्थ्यो नि ! तपाईंको काम मानिसहरुमाथि लाठी चलाउने हो ? तपाईं बढीभन्दा बढी उनीहरुलाई रोक्न सक्नुहुन्थ्यो । पछि तपाईंलाई अपराधीहरुलाई लठ्ठी हान्ने काम दिइयो भने शायद तपाइँलार्ई अति आनन्द आउनेछ होला, कि के हो ।’


वीरबलले लज्जित हुादै भन्यो, ‘तिमी त कुरै बुझ्दिनौ ।’

मिठ्ठनबाई– ‘म सब बुझ्छु । डी.एस.पी. पछिल्तिर थियो । तपाईंले सोच्नु भो कि यस्तो चर्तिकला देखाउने अवसर शायद फेरि कहिल्यै मिल्ला कि नमिल्ला । के तपाईं ठान्नुहुन्छ– त्यो दलमा कुनै राम्रो मान्छे कोही थिएन ? त्यहाँ कति मानिस त यस्ता पनि थिए, जसले तपाईं जस्तालाई नोकर राख्न सक्छन् । विद्याकै कुरामा पनि तपाईंभन्दा धेरै पढेका मानिसहरु थिए । तर ती सबमाथि लाठी हान्दै हुनुहुन्थ्यो, उनीहरुलाई घोडाले कुल्चिँदै हुनुुन्थ्यो, वाहा रे तपाईंको  बहादुरी !!’

वीरबलले निर्लज्ज हाँसो हाँस्तै भने– ‘डी.एस.पी.ले मेरो नाम नोट गरेको छ– साँच्चै ।’

ती थानेदारले सोचेका थिए कि त्यो सूचना दिएर उसले मिट्ठनबाईलाई खुसी तुल्याउने छन् । सज्जनता तथा भद्रता सतही कुरा मात्र हो, मुखले बोलिन्छ, मनले होइन ।स्वार्थ मनको गहिराईमा लुकेर बसेको हुन्छ । त्यो गम्भीर विचारको विषय हो ।

तर मिठ्ठनबाईको अनुहारमा खुसीको रेखा कहीं देखिएन । सतहका कुरा शायद गहिराईसम्म पुगेको थियो । भनिन्– ‘पक्कै गग¥यो होला, अनि शायद तपाईंको चाँडै पदोन्नति पनि होला । तर निर्दोषहरुको रगतले हात रङ्ग्याएर पदोन्नति पाएर के गर्नु ? यो तपाईंको कामको इनाम होइन– देशद्रोहको मूल्य हो । तपाईंको कामको इनाम त तब मिल्नेछ, जब कुनै हत्यारालाई पक्रनुहुनेछ, कुनै डुब्दै गरेको मानिसलाई बचाउनुहुनेछ ।’

एकाएक एकजना सिपाही बाहिर आगनमा खडा भएर भन्यो– ‘हजूर, यो खाम ल्याएको छु ।’ वीरबलसिंहले बाहिर निस्किएर खाम लिएर भित्रका सरकारी चिठ्ठी निकालेर पढ्न लाग्यो । पढेर त्यसलाई मेचमा राखिदियो ।

पत्नीले सोधिन्– ‘पदोन्नतिको आदेश हो ?’

वीरबलले संकोचपूर्वक भन्यो– ‘तिमी उल्टो मात्र खेदछ्यौ । आज पनि जुलूस निस्कनेवाला छ । मलाई त्यहाँ जाने हुकुम आएको छ ।’

मिठ्ठनबाई– ‘त्यसो भने त तिमीलाई आज पनि चाँदी परको छ । तयार हुनुहोस् । आज पनि पहिलेजस्तै शिकार मिल्नेछ । आफ्नो चर्तिकला देखाउनु ।  डी.एस.पी. पनि अवश्य आउने छन् । अब तपाईं इन्स्पेक्टर बन्नुहुनेछ । साँच्चै ।’

वीरबल निधार खुम्चाउँदै भन्योे– ‘कहिलेकाहीं तिमी अर्थनवर्थका कुरा गर्न थाल्छौं । मानौं, म त्यहाँ चूपचाप खडा भएँ, परिणाम के हुन्छ ? म अयोग्य ठहरिनेछु र मेरो स्थानमा अरु कोही मानिस पठाइने छ । मेरो सहानुभूति स्वराज्यवादीहरुप्रति छ भन्ने शंका मात्रै गरे भने म त बरवाद हुनेछु । बर्खास्त नै गरेन भने पनि लाइनको हाजिरी त हुनेछ, हुनेछ । मानिस जुन जुनियामा रहन्छ, त्यसैको चलन देखेर काम गर्छ । म बुद्धिमान छुइनँ हुँला, तर यति त  मलाई पनि थाहा छ, यिनीहरुले देश र जातिको उद्धारका निम्ति नै कोशिस गरिरहेछन् । म यो पनि जान्दछु सरकार यो विचारलाई दबाउन चाहन्छ । म यस्तो गधा होइन कि गुलामीको जिन्दगीमा गर्व गरुँ ! तर परिस्थितिले लाचार छु ।’


वीरबल निधार खुम्चाउँदै भन्योे– ‘कहिलेकाहीं तिमी अर्थनवर्थका कुरा गर्न थाल्छौं । मानौं, म त्यहाँ चूपचाप खडा भएँ, परिणाम के हुन्छ ? म अयोग्य ठहरिनेछु र मेरो स्थानमा अरु कोही मानिस पठाइने छ । मेरो सहानुभूति स्वराज्यवादीहरुप्रति छ भन्ने शंका मात्रै गरे भने म त बरवाद हुनेछु ।


बाजाको आवाज कामनमा आयो । वीरबलसिंहले बाहिर गएर सोध्यो । थाहा पाए कि स्वराज्यवालाको जुलूस आइरहेथ्यो । झट्पट् वर्दी लगाए, फेटा बाँधे र कम्मरमा पेस्तोल बाँधेर ऊ बाहिर निस्क्यो । एकै क्षणमा घोडा तयार भयो । सिपाहीहरु पहिल्यै तयार खडा थिए । सबै जना ‘डबल मार्च’ गर्दै जुलूस भएतिर लागे ।

 उनीहरु डबल मार्च गर्दै करिब पन्ध्र मिनेटमा जुलूसका सामुन्ने पुगे । तिनीहरुलाई देख्दै थुप्रै कण्ठहरुबाट ‘बन्दे मारतम्’को एउटा ध्वनि निक्लियो, मानौं मेघमण्डलमा गर्जनको शब्द गुन्जियो, र फेरि शान्छि छायो । त्यो दिनको जुलूस र आजको जुलूसमा कति फरक थियो ?। त्यो स्वराज्यको उन्मादी जुलूस थियो, यो एक शहीदको शोक जुलूस । तीन दिनको भीषण ज्वरो र बेदनापछि आज उसको जीवनको अन्त्य भएको थियो, जसले कहिल्यै पदको लोभ गरेन, कहिल्यै अधिकारीका सामु टाउको झुकाएन । मर्ने बेलामा उसले इच्छा गरेथ्यो– उसको लासलाई गंगामा नुहाएर गाडिदिइयोस् अनि चिहानमा स्वराज्यको झण्डा गाडिदिइयोस् । उसको निधनको सामाचार फैलिनेबित्तिकै सारा शहरमा शोकमा डुबेथ्यो । जसले सुन्थ्यो, एकपल्ट झस्कन्थ्यो अनि अन्तिम दर्शनका निम्ति दौडन्थ्यो । बजार सबै बन्द भएको थियो, एक्का–तांँगा सबै अलप भएका थिए मानौं शहर लुटिएको छ । हेर्दाहेर्दै सारा शहर उर्लियो । लाश निकाल्दा करीव लाख–सवालाख मानिस भेला भएका थिए । कसैको आँखा त्यस्तो थिएन, जुन आँसुले रातो नभएको होस् ।


त्यो दिनको जुलूस र आजको जुलूसमा कति फरक थियो ?। त्यो स्वराज्यको उन्मादी जुलूस थियो, यो एक शहीदको शोक जुलूस । तीन दिनको भीषण ज्वरो र बेदनापछि आज उसको जीवनको अन्त्य भएको थियो, जसले कहिल्यै पदको लोभ गरेन, कहिल्यै अधिकारीका सामु टाउको झुकाएन । मर्ने बेलामा उसले इच्छा गरेथ्यो– उसको लासलाई गंगामा नुहाएर गाडिदिइयोस् अनि चिहानमा स्वराज्यको झण्डा गाडिदिइयोस् । उसको निधनको सामाचार फैलिनेबित्तिकै सारा शहरमा शोकमा डुबेथ्यो ।


वीरबलसिंहले आफ्ना सिपाही तथा घोडचढीहरुलाई पाँच पाँच गजको दूरीमा जुलूसका साथ हिँड्ने आदेश दिएर आफू पछाडि भागमा गए । जुलूसको पछिल्लो हिस्सामा करिब पचास गजसम्म स्त्रीहरु थिए । थानेदारले तिनीहरुलाई नियाले । पहिलो पंक्तिमै मिठ्ठनबाईलाई देखिए । वीरवललाई  विश्वास भएन । फेरि ध्यानपूर्वक हेर, उनी नै थिइन् । मिठ्ठनले एकपटक उनीतिर हेरे र मुन्टो बटारिइन् । उनको हेराइमा केही यस्तो धिक्कार, केही यस्तो लज्जा, केही यस्तो व्यथा र केही यस्तो घृणा भरिएको थियो कि वीरवरसिंहको शरीमरा टाउकोदेखि खुट्टासम्मै सनसनी जस्तै भयो । उनी आफ्नै दृष्टिमा कहिल्यै पनि यति हल्का, दुर्बल र अपमानित कहिल्यै भएका थिएनन् ।

अचानक एक युवतीले थानेदारतर्फ हेरेर भनिन्, ‘थानेदार साहबले कतै हामीहरुमाथि नै डण्डा नचलाओस् है । तपाईंलाई देखेर न डर लागिरहेछ ।’

अर्की बोली– ‘त्यो दिन चौरस्तामा यी पुरुषलाई हिर्काउने चोट पु¥याउने तपाईंकै भाइ त थियो ।’

मिट्ठनले भनी– “तपाईंको भाइ होइन, तपाईं स्वयं हुनुहुन्थ्यो ।’

थुप्रै मुखबाट एकसाथ आवाज निस्कियो– “ए, तपाईं त्यही महाशय हुनुहुन्छ ?! महाशय, तपाईंलाई नमस्कार ! यो तपाईंकै कृपाको फल हो कि आज हामी पनि  तपाईंको लठ्ठीको दर्शन गर्न यहाँ आएर खडा भएका छौं ।’

वीरबलले मिठ्ठनबाईतिर आँखाको भाला चलायो, तर मुखले केही पनि बोलेनन् । अर्की तेस्रो महिलाले फेरि भनी– ‘हामी एउटा जुलूस गरेर तपार्ईंंलाई जयमाला लगाइदिनेछौं तपाईंको यशगान गाउनेछौं ।’

चौथी महिलाले भनी– ‘तपाईं त पूरै अंग्रेज जस्तो हुनुहुन्छ । तब न यति गोरो हुनुहुन्छ ।’

एउटी बुढीले आँखा तन्काउँदै भनी– ‘मेरो कोखबाट यस्तो बालक जन्मिएके थियो भने म उसको घाँटी निचोरिदिने थिएँ ।’

एक् युवतीले उसलाई तिरस्कार गर्दै भनी– ‘तपाईंले कस्तो कुरा गर्नुभएको आमा, कुुकुरले त नूनको सोझो गर्छ, यो त मान्छे हो ।’

बूढीले भनी– ‘पेटको गुलाम ! उप्m पेट ! हाय पेट !’

त्यो सुनेर थुप्रै महिलाहरुले बुढियालाई गाली पनि गरेर ऊ बिचारी लज्जित भएर भनी, ‘अरे, मैले त्यसै भनेको हुँ र । तर यस्तो मान्छ पनि के, जो स्वार्थको पछाडि लागेर अन्धो बनोस् ।’

वीरबल सिंहले अब अरु सुन्न सकेनन् । घोडा बढाएर ऊ जुलूसको कैंयौं गज पछाडितिर गयो । लोग्नेमान्छेले खिसी गर्दा हामीलाई रीस उठ्छ, तर स्त्रीले खिसी गरे भने ग्लानि पैदा हुन्छ । वीरबलसिंहलाई यो बेला फेरि ती महिलाहरुको सामुन्ने जाने  हिम्मत नै थिएन । उनलाई आफ्नो अफिसरप्रति रीस उठ्यो । मलाई मात्रै  किन बारम्बार यो काममा खटाउँछ ? अरु पनि छन्, उनीहरुलाई किन खटाउँदैन ? के म नै सबैभन्दा गएगुज्रेको छु, के म नै सबैभन्दा भावशून्य छु ?


वीरबल सिंहले अब अरु सुन्न सकेनन् । घोडा बढाएर ऊ जुलूसको कैंयौं गज पछाडितिर गयो । लोग्नेमान्छेले खिसी गर्दा हामीलाई रीस उठ्छ, तर स्त्रीले खिसी गरे भने ग्लानि पैदा हुन्छ । वीरबलसिंहलाई यो बेला फेरि ती महिलाहरुको सामुन्ने जाने  हिम्मत नै थिएन । उनलाई आफ्नो अफिसरप्रति रीस उठ्यो । मलाई मात्रै  किन बारम्बार यो काममा खटाउँछ ?


मिठ्ठीले यस समय मलार्य आफ्नो मनमा कति कायर र नीच सम्झिइरहेकी होलिन् ? शायद यतिखेर मलाई कसैले मारे भने पनि उनले मुख खोल्ने छैनन् । शायद मनमा प्रसन्न होलिन् कि राम्रो भयो । अहिले कसैले गएर साहेकलाई बीरवल सिंहकी पन्ती पनि जुलूसमा थिए भनेर भनिदियो भने त म घरको न घाटको हुनेछु । मिट्ठी जान्दछिन्, बुझ्दछिन् फेरि पनि निक्लिइन् । मलाई सोध्दैसोधिनन् । कुनै फिक्री नै छैन । जब सबैजना निस्फिक्री छन् भन्ने कुरा मनमा पलाउँछ, यहाँ सबै निस्फिक्री छन्– स्कूल काँलेजका केटाहरु, मजदूर, पेशेवर यिनीहरुले के चिन्ता ? मर्नुपर्ने त हामीहरु नै हौं, जसको बालबच्चा छ र कुल–मर्यादाको ख्याल छ । सबैजना कसरी मलाई घुरेर मलाई मानौं खाउँलाझैं गरी हेरिरहेथे ।

जुलूस शहरका मुख्य सडकहरु भएर गइरहेथ्यो । दुवैतिरका घरका छतहरुमा, छानाहरुमा, बरण्डामा, रुखहरुमा दर्शकहरुको पर्खाल जस्तै खडा थियो । वीरबलसिंहले आज तिनीहरुको अनुहारमा एक नयाँ स्फूर्ति, एक नयाँ जोश र एक नयाँ गर्व झल्लिएको अनुभव गर्‍यो ।स्फूर्ति थियो रुखहरुको अनुहारमा, उत्साह युवाहरुको गर्व सुन्दरीहरुको । यो स्वराज्यको पथमा हिंडेको उल्लास थियो । अब उनीहरुको यात्राको लक्ष्य अज्ञात थिएन, पथभ्रष्टहरुले जस्तै यताउता भट्किनु थिएन, हेपिएका थिचिएकाहरुले जस्तै शिर झकाएर रुनुपर्ने पनि थिएन । स्वधीनताको सुनौलो शिखर सुदूर आकाशमा चम्किरहेथ्यो । यस्तो लाग्थ्यो, मानिसहरुका बीचमा खोखा जंगलहरुको परवाह छैन । सबै त्यो सुनौलो लक्ष्ण्मा पुग्नका लागि उत्सुक भइरहेछन् ।


अहिले कसैले गएर साहेकलाई बीरवल सिंहकी पन्ती पनि जुलूसमा थिए भनेर भनिदियो भने त म घरको न घाटको हुनेछु । मिट्ठी जान्दछिन्, बुझ्दछिन् फेरि पनि निक्लिइन् । मलाई सोध्दैसोधिनन् । कुनै फिक्री नै छैन । जब सबैजना निस्फिक्री छन् भन्ने कुरा मनमा पलाउँछ, यहाँ सबै निस्फिक्री छन्– स्कूल काँलेजका केटाहरु, मजदूर, पेशेवर यिनीहरुले के चिन्ता ? मर्नुपर्ने त हामीहरु नै हौं, जसको बालबच्चा छ र कुल–मर्यादाको ख्याल छ । सबैजना कसरी मलाई घुरेर मलाई मानौं खाउँलाझैं गरी हेरिरहेथे ।


एघार बजेतिर जुलूस नदीको किनारमा आइपुग्यो । लाश उतारेर गंगास्नान गर्न लगियो । उसको शीतल, शान्त, पहेंलो निधारमा लठ्ठीको चोट स्पष्ट देखिन्थो । रगत जमेर कालो भएथ्यो ।  टाउकोको लामो कपाल रगत जमेर कुनै चित्रकारको ब्रस जस्तै च्यापिएको थियो । कैयौं हजारैं मानिस यी सहिदको अन्तिम दर्शन गर्नका लागि त्यहाँ लाम बाँधेर उभिए । वीरबलसिंह  पछाडि घोडा चढेर बसेको थिए । लट्ठीको चोट उसले पनि देख्यो । उसको आत्माले आफैंलाई धिक्कार्‍यो । उसले लासलाई सिधा हेर्न पनि सकेन, मुन्टो बटारे । जुन मानिसकोे दर्शनको लागि, जसको चरणको धूलो निधारमा लगाउनका निम्ति लाखौं मानिस आतुर भइरहेका छन्, उसैलाई मैले यति अपमान गरें । उसको आत्मा यतिखेर स्वीकारिरहेको थियो कि त्यो निर्दयी प्रहारमा कर्तव्यको भाव अलिकति पनि थिएन– केवल स्वार्थ थियो, काम देखाउने हवस र अफिसरहरुलाई खुसी पार्ने लिप्सा । हजारौं आँखा क्रोधपूर्वक उसलाई ताकिरहेका थिए– तर उनीसोझै हेर्ने शाहस गर्न सक्दैन थिए ।

 एक सिपाहीले आएर प्रशंसा ग¥यो– ‘हजुरले निक्कै कडा प्रहार गर्नुभएको थियो । अहिलेसम्म पनि टाउको फुटेको छ । सबैको आँखा खुलेको छ ।’

वीरबलले उपेक्षा गर्र्दै भन्यो– ‘म यो आफ्नो योग्यता मान्दिनँ, यो त मेरो नीचपना हो ।’

सिपाहीले खुशामद गर्‍यो– “साह्रै उद्दण्ड मानिस थियो हजुर ।”


वीरबलले हपार्‍यो– चूप लाग् । थाहा छ उद्दण्ड कसलाई भनिन्छ ? उद्दण्ड त्यसलाई भनिन्छ, जसले डाँकैती गर्छ, चोरी गर्छ, हत्या गर्छ । तिनलाई उद्दण्ड भनिँदैन, जो देशको भलाइको लागि आफ्ना ज्यान हातमा लिएर हिँड्छ । हाम्रो दुर्भाग्य हो, जसलाई सहायता गर्नुपर्ने, उसैको विरोध गरिरहेका छौं । यो घमण्ड गर्ने, खुशी हुने कुरो होइन, तर लाज मान्ने, र रुनुपर्ने कुरो हो ।’


वीरबलले हपार्‍यो– चूप लाग् । थाहा छ उद्दण्ड कसलाई भनिन्छ ? उद्दण्ड त्यसलाई भनिन्छ, जसले डाँकैती गर्छ, चोरी गर्छ, हत्या गर्छ । तिनलाई उद्दण्ड भनिँदैन, जो देशको भलाइको लागि आफ्ना ज्यान हातमा लिएर हिँड्छ । हाम्रो दुर्भाग्य हो, जसलाई सहायता गर्नुपर्ने, उसैको विरोध गरिरहेका छौं । यो घमण्ड गर्ने, खुशी हुने कुरो होइन, तर लाज मान्ने, र रुनुपर्ने कुरो हो ।’

स्नान समाप्त भयो । जुलूस त्यहाँबाट फेरि हिँड्यो ।

लाशलाई चितामा राखेर मानिसहरु फर्कंदै गर्दा दुई बजिरहेथ्यो । मिठ्ठनबाई अरु स्त्रीहरुसँगै केही परसम्म त आइ तर क्वीन्स–पार्कमा आएर रोकिइन्् । उनलाई घर जाने इच्छा नै भएन । त्यो जीर्ण, आहत, रक्तरंजित लाश, मानौं उनी विरक्त भएकी थिई र अब उसलार्य धिक्कारने इच्छा पनि थिएन । यस्तो स्वासर्थी मानिसमा भयबाहेक अरु कुने चीजको सर हुन सक्छ, यो कुराको उसलाई विश्वास नै थिएन ।

धेरैबेरसम्म क्वीन पार्कको चउरमा बसेर सोचिरही तर आफ्नो कर्तव्य के हो भने र केही निश्चय नै गर्न सकिनन् । माइती जानसक्थी, तर एक/दुई महिनापछि फेरि यही घरमा फर्कनैपर्छ । अहँ, म कसैको आश्रित बन्दिनँ । के म आफ्नो जीवन निर्वाहकोलाई पनि कमाउन सक्दिनँ ? उसले आफैं तरह तरका कठिनाईहरको कल्पना गरिन्, तर थाहा छैन आज उसको आत्मामा कहाँबाट यति बल आयो । यी कल्पनाहरुलाई ख्यालमा ल्याउने नै उसलाई आफ्नो कमजोरी महसुस भयो ।


धेरैबेरसम्म क्वीन पार्कको चउरमा बसेर सोचिरही तर आफ्नो कर्तव्य के हो भने र केही निश्चय नै गर्न सकिनन् । माइती जानसक्थी, तर एक/दुई महिनापछि फेरि यही घरमा फर्कनैपर्छ । अहँ, म कसैको आश्रित बन्दिनँ । के म आफ्नो जीवन निर्वाहकोलाई पनि कमाउन सक्दिनँ ? उसले आफैं तरह तरका कठिनाईहरको कल्पना गरिन्, तर थाहा छैन आज उसको आत्मामा कहाँबाट यति बल आयो ।


अचानक उसलाई इब्राहिम अलीका बृद्धा विधवाको ख्याल आयो ।उसले सुनेका थिए कि  छोराछोरी थिएनन् । विचारी बसेर रोइरहेकी होली । सहानुभूति दिने पनि कोही छेउमा नहोला । ऊ उसको घरतिर हिंडी । ठेगाना पहिल्यै महिलाहरुबाट लिएकी थिइन् । उनी मनमा सोच्दै गएकी थिइन्, म उनीसँग कसरी भेटुँ, उनलाई के भनुँ, उसलाई कुन शब्दले सम्झाउनु ?’ यिनै विचारहरुम डुबेर उनी  इब्राहीम अलीको घर पुगी । घर एउटा गल्लीमा थियो, साफसफा, तर ढोकामा आशा बर्सिइरहेको थियो । मुटु ढुकढुक हुँदै घरभित्र पसी ।

सामुन्ने आगनमा एक खाटमा ती वृद्धा बसेकी थिइन्, जसको पतिले आज स्वाधीनताको बेदीमा आफ्नो बलिदान थिएका थिए । उनका सामुन्ने सादा कपडा लगाएका एक युवा, ऊ आँखाभरि आँसु लिएर वृद्धासित कुरा गरिरहेथ्यो । मिट्टन त्यो युवकलाई देखेर झस्की– त्यो युवक वीरबल थियो ।

उसले क्रोधित स्वरमा आश्चर्य मान्दै सोधी– ‘तपाईं यहाँ कसरी आउनुभयो ?’

वीरबलले भन्यो– ‘त्यसै गरी, जसरी तिमी आयौ । आफ्नो अपराधको क्षमा माग्न आएको हुँ ।’

मिठ्ठनको गोरो अनुहारमा आज गर्व, उल्लास र प्रेमको जुन उज्वल विपुलता देखियो, त्यो अवर्णनीय थियो । यस्तो भान हुन्थ्यो– मानौं उसको जन्मजन्मान्तरको क्लेश मेटिएर गयो, ऊ चिन्ता

र मायाको वन्धनदेखि मुक्त भइन् ।

प्रेमचन्दका कथा ‘जुलूस’को हिन्दीबाट नेपाली रुपान्तरण

Title Photo: https://www.studyiq.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...