शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्ता गुण भएका युवतीसँग विवाह गर्नुस्

शनिबार, २४ फागुन २०७६, १४ : १५
शनिबार, २४ फागुन २०७६

आचार्य चाणक्यका अनुसार हरेक व्यक्तिले नराम्रो परिस्थितीमा पनि सुख खोज्न सक्छ त्यो व्यक्ति नै संसारमा बुद्धिमान कहलिन सक्छ । 

चाणक्यले तीन चीज प्राप्त गर्नको लागि कहिल्यै समय खेर फाल्न नहुने बताउँछन् । 

विषबाट अमृत निकाल्नुपर्छ 
चाणक्यका अनुसार विषबाट अमृत कसरी प्राप्त गर्ने भन्ने कुरा हरेक व्यक्तिले जान्नुपर्दछ । यसको अर्थ यदि कुनै समय विषमा अमृत भेटियो भने पनि त्यो अमृत ग्रहण गर्नुपर्छ । यसको मतलब प्रतिभा फोहोरमा छ भने त्यसलाई ग्रहण गर्न कुनै पनि प्रकारको कमि छोड्नुहुँदैन । 

फोहोरबाट सुन झिक्न हिच्किचाउँनुहुँदैन 
सुन मूल्यवान् छ । फोहोरबाट पनि यदि सुन निकाल्ने अवसर प्राप्त भयो भने त्यस्तो अवसर छोड्नुहुँदैन । कुनै पनि व्यक्तिलाई राम्रो बस्तु प्राप्त गर्नु छ भने सधैँ प्रयत्नरत रहनुपर्छ । 

कस्तो स्त्रीलाई अपनाउने ? 
स्त्री यदि गुणी र सुन्दर हुनुपर्छ । गरिब घरको भएपनि कुनै  स्त्री ज्ञानी छिन् भने अपनाउन अप्ठ्यारो मान्नुहुँदैन । यदि शत्रुको घरमा सुशील महिला छिन् भने उनीसँग सम्बन्ध जोड्न डराउनुपर्दैन । अंहकार छोडेर सुशील, गुणले भरिपूर्ण भएकी स्त्री जुन घरमा जान्छिन् त्यो घर सुन्दर हुन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप