शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनक सिंहको निर्देशनमा ‘मेरो यो दिलको धड्कन’

शनिबार, २४ फागुन २०७६, १४ : २८
शनिबार, २४ फागुन २०७६

निर्देशक जनक सिंहको निर्देशनमा नयाँ नेपाली गीत ‘मेरो यो दिलको धड्कन’को  भिडियो  सार्वजनिक भएको छ । 
 
गीतमा अञ्जु पन्त र सुरेश लामाको स्वर रहेको छ भने आमोश तामाङको शब्द र संगित रहेको छ । 

भिडियोमा सनम कठायत र नताशा ब्लोनको फिचरिङ रहेको छ । 
 
उत्सव दाहालको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको छ ।

गीतमा स्वर संगीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको निर्देशक जनक सिंहले बताए । 

उनले भने, ‘मेरो टिमले ठुलो मेहनत गरेर यो गीतको भिडियो दर्शक माझ ल्याएका छौँ, । आशा छ यो गीतलाई पनि विगतमा जस्तै माया गरिदिनुहुनेछ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप