शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा नेपाली चलचित्र ‘आमा’ को प्रदर्शन गरिने

आइतबार, २५ फागुन २०७६, १२ : ००
आइतबार, २५ फागुन २०७६

लन्डन । नेपालमा प्रदर्शनी हुँदै गरेको  नेपाली कथानक चलचित्र ‘आमा’ बेलायतमा पनि प्रदर्शनी हुने भएको छ ।
 यही २२ मार्चका दिन एम्पायर हल अल्डरसट र २९ मार्चमा साउथ ह्यार्रोस्थित  ह्यार्रोबरो फुटबल क्लबमा प्रदर्शन गरिने भएको छ भने लन्डनको प्लमस्टेड, रेडिंग लगायत अन्य शहरमा पनि देखाउने तयारी छ ।

 ‘पशुपतिप्रसाद’ र ‘धनपति’ जस्ता उत्कृष्ट फिल्म बनाएर चर्चा बटुलेका निर्देशक दीपेन्द्र के खनाल आमा चलचित्रमा अझ बढी निखारिएको कतिपयले बताएका छन् । 
आमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला आदि कलाकारहरुको प्रमुख भूमिका छ । उक्त फिल्म यूकेमा प्रदर्शन गर्ने जिम्मा के के फिल्मस् एण्ड मिडियाका निर्देशक एवं सञ्चारकर्मी कुशल श्रेष्ठले पाएका हुन् । 
श्रेष्ठले यसअघि बेलायतमा अनमोल केसीको डेब्यू चलचित्र ‘होस्टेल’, आर्यन सिग्देलको ‘के म तिम्रो साथी बन्न सक्छु’, नम्रता श्रेष्ठको ‘मौन’, ‘झोले’ लगायत आधा दर्जन चलचित्र सफलतापूर्वक देखाइसकेका छन् । उनले ति चलचित्र प्रदर्शनबाट संकलित रकम विपन्न चेपांग समुदायका विद्यार्थी एवं ‘आमाको घर’ वृद्धाश्रमलाई प्रदान गरेका थिए । 
२९ मार्चमा हयारो बरो फुटबल क्लबमा हुने प्रदर्शन मगर महिला संघ वेम्ली शाखाको आयोजनामा हुनेछ भने संयोजन रस्मिता दर्लामीले गरेकी छन् साथै २२ मार्च अल्डर्सट शो को लागि रिता क्षेत्री र रोमियन लिम्बुको संयोजनमा प्रदर्शन गरिने भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप