मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा ‘नेपालीज जर्नालिष्ट एसोसिएसन’को पहिलो वार्षिक साधारणसभा सम्पन्न

आइतबार, २५ फागुन २०७६, १२ : ११
आइतबार, २५ फागुन २०७६

अस्ट्रेलियन नेपालिज् जर्नालिष्ट एसोसिएसनको पहिलो वार्षिक साधारणसभाले हेमन्त काफ्लेको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ। 

दक्षिण अस्ट्रेलियाको  एडिलेडमा मार्च ६ र ७ मा सम्पन्न भएको उक्त अधिवेशनले हेमन्त काफ्लेको नेतृत्वमा सर्वसम्मत रुपमा १३ सदस्यीय  कार्यसमितिको चयन गरेको हो । 

अधिवेशनले सहअध्यक्षमा ऋषि आचार्यलाई चयन गरेको छ भने  उपाध्यक्षमा सीता रसाइली विश्वकर्मा र निरु त्रिपाठीलाई चयन गरिएको छ ।  

त्यसैगरी महासचिवमा चिरन्जिवी देवकोटा, सचिवमा सरल गुरुङ, कोषाध्यक्षमा कृष्ण तिवारी र सदस्यहरुमा प्रकाश हुमागाई, छत्र शंकर, कमल सिलवाल, सरिता ढकाल,  खगेन्द्र सत्याल र मिलन दाहाल  चयन भएका छन् । 

पहिलो अधिवेशनले अष्ट्रेलियाभरि क्रियाशिल करिव ४ दर्जन पत्रकारहरुलाई एउटै छातामा गोलबन्द गर्न सफल भएको छ। 

अस्ट्रेलियाको विभिन्न राज्यमा रहेर नेपालका छापा, रेडियो, अनलाइन लगायत र अस्ट्रेलियाको  स्थानीय सञ्चार जगतमा आबद्व भएर कलम चलाउँदै  आइरहेका सञ्चारकर्मीहरुलाई एउटै छातामा गोलबन्द गर्ने उद्देश्यले गत वर्ष तदर्थ कमिटी गठन गरिएको थियो । 

करिव १० वर्ष अगाडिदेखि संगठित हुने प्रयास भएको स्मरण गर्दै अग्रज पत्रकार डा भरतराज पौडेलले हाल आएर यो सम्भव भएकोमा खुशी व्यक्त गरे ।

अधिवेशनमा अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, अस्ट्रेलियाका सांसद तथा सहायकमन्त्री  जिङ्ग ली, भिक्टोरियाका महावाणिज्यदूत  चन्द्र योञ्जन, साउथ अस्ट्रेलियाका बाणिज्यदूत दीपक धमला,  एनआरएनएनका केन्द्रीय उपाध्यक्ष मन केसी, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव, अन्तर्राष्ट्रिय पत्रकार समाज ओसेनिया संयोजक मन ऋषि धिताल, ओसेनिया डेपुटी कोर्डिनेटर नवीन कंडेल, साउथ अस्ट्रेलिया उपाध्यक्ष नवीन पन्त, नेपलिज् एसोसिएसन अफ  वेस्टर्न अस्ट्रेलियन (नावा) अध्यक्ष डा मणि पनेरु  लगायतका व्यक्तित्वहरुको प्रमुख अतिथि र अतिथिहरुको सहभागिता रहेको  थियो। 

बन्द सत्रको अध्यक्षता अग्रज पत्रकार  राजु मानन्धरले गरेका थिए भने गोकुल घिमिरेको संयोजकत्वमा निर्वाचन सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप