शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अविनास घिसिङले ल्याए ‘माथिल्लो लेकमा (सेलो टन)’

आइतबार, २५ फागुन २०७६, १२ : ५१
आइतबार, २५ फागुन २०७६

काठमाडौं । गायक अविनास घिसिङको ‘माथिल्लो लेकमा (सेलो टन)’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ । 

सुवानी मोक्तान, अराज केशव र डिजे तेन्जिङको अभिनय समेट्दै गीतको भिडियो बनाइएको छ । 

भिडियो बिभोर पोखरेलले निर्देशन गरेका हुन् ।
 
गायक अविनासकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा दुई युके्रनी एक रसिया र एक इजरायल कलाकार समेत अभिनयमा देखिएका छन् ।

नेपाली सेलो टनमा आधारित रहेको गीतको भिडियोलाई अनिल के मानन्धर र मिलन शंकरले छायाँकन गरेका हुन् ।

क्याटमाडौं इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतको भिडियोमा सुप्रिम पराजुलीले सम्पादन रहेको छ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप