बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई सन्तुलित आहार दिन थालियो

आइतबार, २५ फागुन २०७६, १६ : ४४
आइतबार, २५ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको छ । मिर्गौला प्रत्यारोपण गरेको पाँचौ दिन अस्पतालले जारी गरेको स्वास्थ्य अपडेटमा प्रमको स्वाश्थ्यमा क्रमिक सुधारका लक्षणहरु देखिन थालेको उल्लेख छ । 

‘प्रधानमन्त्रीको भाइटल तथा ल्याव सुचकाँकहरु पनि सामान्य छन्’, अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खडगाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, प्रधानमन्त्रीको मिर्गौला दाता समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।  प्रधानमन्त्रीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप