शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टिपर चालकले पुलिसलाई घुस दिन खोजेपछि...

आइतबार, २५ फागुन २०७६, १८ : ५४
आइतबार, २५ फागुन २०७६

बनेपा । काभ्रेबाट काठमाडौंस्थित टिकाथली छिर्नलाई टिपर चालकले प्रहरीलाई घुस दिन खोजेपछि टिपर चालक पक्राउ परेका छन् । नमोबुद्ध नगरपालिका स्थित भकुण्डेवेशीबाट गिटी बोकेर आएको बा ५ ख ८७९४ नम्बरको टिपरसँग आवश्यक कागजपत्र नभएपछि प्रहरीचौकी साँगामा कार्यरत प्रहरी हवलदार दिपेन्द्र कार्कीले बिहान ५३० को समयमा कागजपत्र मागेका थिए ।

रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–९ का टिपर चालक सरोज तामाङले कागजपत्रको सट्टा एक सय थमाएपछि हबलदार कार्कीले तत्कालै प्रहरी सहायक निरीक्षकलाई जाहेरी गरेका थिए । प्रहरी सहायक निरीक्षक आउने बितिक्कै चालक सरोज तामाङले ५ सय निकालेर दिएपछि प्रहरीले तत्कालै तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमार थापाको भनाई छ । टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप