मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

इटालीमा कोरोनाभाइरसका कारण ज्यान गुमाउने संख्या एकैदिन १३३

सोमबार, २६ फागुन २०७६, ०७ : ११
सोमबार, २६ फागुन २०७६

इटालीमा कोरोनाभाइरसका कारण एकैदिन १ सय ३३ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको संख्या ३ सय ६६ पुगेको अधिकारीले जनाएका छन् ।

संक्रमितको संख्यामा पनि ५ हजार ८ सय ८३ बाट ७ हजार ३ सय ७५ पुगेपछि २५  प्रतिशतको वृद्धि भएको छ ।

इटालीको लोम्बार्डीलगायत १४ प्रान्तका १ करोड ६० लाख जनताले आइतबारबाट क्वारेन्टाइन नियम लागू भएपछि यात्राका लागि विशेष अनुमती लिनुपर्नेछ ।

प्रधानमन्त्री ग्युसेप्पे कोन्टेले स्कूल, जिम, म्युजियम, नाइटक्लब र देशभरीका विभिन्न स्थान बन्द भएको घोषणा गरेका छन् ।

नयाँ आँकडा सार्वजनिक भएसँगै चीनबाहिर कोरोना भाइरसका संक्रमितको संख्या इटालीमा सबैभन्दा धेरै देखिएको हो । त्यसपछि दक्षिण कोरियामा ७ हजार २ सय १३ जना संक्रमित देखिएका छन् ।


हालै इटालीका सेनापतीमा पनि संक्रमण देखिएको छ । साल्भातोर फरिनाले आफू अहिले ठिक भएको र उनले आफूलाई ‘सेल्फ आइसोलेशन’ मा राखेको बताए ।

नयाँ लागू गरिएको क्यारेन्टाइन नियमले एक चौथाई जनसंख्यालाई प्रभावित पार्ने छ ।

‘हामी हाम्रो जनताको स्वास्थ्य प्रत्यायभूत गर्न चाहन्छौं । हामीलाई थाहा छ, यो नयाँ नियमले कहिलेकाँही सानो त कहिलेकाँही ठूलै त्यागको स्थिती सृजना गर्नेछ,’ प्रधानमन्त्री कोन्टेले शनिबार मध्यरातमा नयाँ नियमको घोषणा गर्दै भने ।

नयाँ नियम अनुसार लोम्बार्डीमा न त कोही प्रवेश गर्न सक्छन् न त्यहाँबाट कोही निस्कन नै सक्छन् ।

यस्तै नियम अन्य १४ प्रान्तमा पनि लागू गरिएको छः मोडेना, पार्मा, पियासेन्जा, रेगियो, इमिलिया, रिमिनी, पेसारो र अर्बिनो, एलेसान्ड्रिया, आस्ती, नोभारा, भब्यानो कुसियो, ओसोला, भर्सेली, पादुवा, ट्रेभिसो र भेनिस ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप