बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘बी ग्रेड’ फिल्ममा काम गर्ने माधुरी दिक्षितलाई नेपाली मूलका फोटोग्राफरले यसरी दिलाए नयाँ जिन्दगी

सोमबार, २६ फागुन २०७६, ०९ : ०५
सोमबार, २६ फागुन २०७६

‘तेजाब’ र ‘राम लखन’ जस्तो फिल्मले माधुरी दीक्षितलाई रातारात सुपरस्टार बनाएको थियो । तर उनको बलिउडको यात्रा त्यति सहज थिएन । यसबारे भारतका वरिष्ठ फिल्म पत्रकार अली पिटर जोनले आफ्नो किताब ‘विट्नेसिङ वन्डर्स’ मा लेखेका छन् । किताबका अनुसार फिल्म नपाएका कारण माधुरी दीक्षित बी–ग्रेड गर्नका लागि बाध्य भएकी थिइन् । यसै फिल्म बन्ने क्रममा एक स्टुडियोमा उनलाई नेपाली मूलका फेसन फोटोग्राफर राकेश श्रेष्ठले देखेका थिए जसले उनको करियरलाई नयाँ मोड दियो ।

पत्रकार अली जफरले बताए अनुसार माधुरी दीक्षित आफ्ना आमा–बुवासँग एउटै कोठामा बस्थिन् । बाल्यकालदेखि नै माधुरीको रुची नृत्यमा थियो र ९ वर्षको उमेरमा महाराष्ट्र सरकारद्वारा आयोजित प्रतियोगितामा भरतनाट्यम र कथकको पुरस्कार पनि जितेकी थिइन् । यतिबेला माधुरीका छिमेकी तथा लेखक–निर्देशक गोबिन्द मुनिसले उनलाई देखे । उनले माधुरीमा लुकेको अभिनेत्रीलाई देखे र उनका आमाबुवालाई ‘छोरीका लागि कसैसँग फिल्मको कुरा चलाऔं ? ’ भनेर सोधे ।   

त्यतिबेला माधुरीको परिवारको आर्थिक स्थित खासै राम्रो थिएन त्यसकारण उनका आमा–बुवाले ‘हुन्छ’ भनिदिए । नतिजा यो भयो कि माधुरीले राजश्री प्रोडक्सनको फिल्म ‘अबोध’ पाइन् । यो फिल्म फ्लप भयो । माधुरी अन्य फिल्ममा काम गर्न चाहन्थिन् तर ‘पहिलो गाँसमा नै ढुङ्गा’ भनेझैं पहिलो फिल्म नै फ्लप भएपछि उनले फिल्म पाइरहेकी थिइनन् । त्यति नै बेला निर्देशक सुदर्शन रतनले उनलाई बी–ग्रेड फिल्ममा साइन गराए । उक्त फिल्मको नाम ‘मानव हत्या’ थियो र यो फिल्ममा माधुरीका हिरो थिए शेखर सुमन ।

शेखर सुमनसँग माधुरी दीक्षित

माधुरीमार्फत् दृश्यमा छायांकन गर्न चाहन्थे निर्देशकः

किताबमा लेखिए अनुसार सुटिङका बेला निर्देशकले सेटमा माधुरीमाथि दुर्व्यवहार गर्दथे । उनी सेक्सका विषयमा फिल्म बनाउँथे र माधुरीमार्फत् पनि केही यस्तै बोल्ड दृश्य गराउन चाहन्थे । माधुरीका आमा–बुवाले यसो गर्न अस्विकार गरिदिए । त्यसपछि ती निर्देशकले उनलाई ६ महिनासम्म काम गरेको पारिश्रमिक पनि दिएनन् । पछि फिल्मका आर्थिक किचलो देखिएपछि निर्माता पनि पछि हटे । त्यसकारण यो फिल्म अधुरै रह्यो । यद्यपि, माधुरी स्टार बनेपछि केही टिभी च्यानलले यो फिल्म जस्तो अवस्थामा थियो, त्यसैलाई अबेर राती टिभीमा देखाइदिए । माधुरीले उक्त फिल्म वा शेखर सुमनसँग काम गरेको बारे कहिले पनि कुरा गरिनन् । तर अली पिटरले आफ्नो किताबमा भने यस्तै दाबी गरेका छन् ।

अली पिटरले आफ्नो किताबमा दाबी गरिए अनुसार  यो फिल्मको सुटिङका बेला एक स्टुडियोमा उनलाई त्यतिबेलाका सबैभन्दा प्रभावशाली फेशन फोटोग्राफर राकेश श्रेष्ठले देखेपछि माधुरी दीक्षितको भाग्य फेरिएको हो  ।

उनका अनुसार श्रेष्ठले माधुरीका आमा–बुवालाई ‘छोरीको फोटो खिच्न सक्छु ?’ भनेर सोधे । यसमा उनका आमा–बुवाले भने, ‘हामीसँग तिमी जस्तो महँगो र ठूला पत्रकारलाई दिन पैसा छैन ।’ यसमा राकेश श्रेष्ठले माधुरीको तस्बिर खिचेबापत् निःशुल्का उनको पोर्टफोलियो बनाउने बचन दिए । श्रेष्ठ आफैंले माधुरीको पोर्टफोलियो निर्माता–निर्देशक सुभाष घईलाई देखाए । त्यतिबेला सुभाष घईको एक फिल्मको सुटिङ माधुरीको सेट वरिपरि नै चलिरहेको थियो । सुभाषले माधुरीलाई एक–दुई पटक देखेका पनि थिए । तर जब घइले पोर्टफोलियोमा माधुरीको फोटो देखे तब उनले त्यति नै बेला भने, ‘मुक्ता आर्टस्को नयाँ हिरोइन भेटिइन् ।’

यो विज्ञापन पछि छाइन् माधुरीः

सुभाष घईले माधुरी दीक्षितका आमा–बुवालाई बोलाएर तीन फिल्मका लागि विशेष अनुबन्धमा हस्ताक्षर गराए । घईले त्यसपछि फिल्मी साप्ताहिक पत्रिकामा ६ पेजको विज्ञापन दिए । उक्त विज्ञापनमा माधुरीको आँखा, ओठ, नाक, निधार र कानको तस्बिर थिए । तर माधुरीको पूरा अनुहार भने देखिएको थिएन । पछि जब माधुरीबारे खबर आयो तब थुप्रै ठूला निर्देशकले उनलाई आफ्नो फिल्ममा साइन गराउन चाहे । त्यसपछि माधुरीले सुभाष घईका तीनवटा फिल्ममा काम गरेपछि मात्रै अन्य फिल्ममा काम सुरु गर्न सक्ने बताइन् । त्यसपछि बिस्तारै माधुरी बलिउडकी शीर्ष नायिका बन्न सफल भइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप