शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१५ वर्षकी भइन् रबिना टन्डनकी छोरी राशा

सोमबार, २६ फागुन २०७६, १० : ०९
सोमबार, २६ फागुन २०७६

बलिउड नायिका रबिना टन्डनकी छोरी राशा थडानी १५ वर्ष पुगेकी छिन् । सन् २००५ मा जन्मिएकी राशाले शनिबार आफ्नी आमासँग आफ्नो जन्मदिनको उत्सव मनाएकी छिन् ।

फिल्म डिस्ट्रीब्यूटर्स हुन् अनिल थडानीः

रबिना टन्डनले सन् २००४ मा अनिल थडानीसँग विवाह गरेकी थिइन् । अनिल फिल्म डिस्ट्रीब्यूटर्स हुन् । रबिना र अनिलले सन् २००३ मा ‘स्टम्प्ड’ फिल्मको सेटमा डेटिङ सुरु गरेका थिए, त्यसको एक वर्षपछि दुईले विवाह गरे ।

उदयपुरमा भएको थियो विवाहः

फेब्रुअरी सन् २००४ मा रबिना र अनिलको विवाह राजस्थानको उदयपुरमा भयो । एक वर्षपछि मार्च १६ तारिखमा रेशाको जन्म भयो ।

सन् २००८ मा रबिनाले छोरा जन्माइन्ः

सन् २००८ मा रबिनाले छोरा रणबीरवर्धनलाई पनि जन्म दिइन् । आमा–छोरीलाई धेरैजसो मुम्बईमा सँगै घुमिरहेको देख्न सकिन्छ । शनिबार पनि उनीहरुलाई ‘प्रि–बर्थडे’ सेलिब्रेसनमा भेटियो ।

विवाह अघि दुई छोरीलाई धर्मपुत्र बनाएकी थिइन्ः

रबिनाले दुई जनालाई धर्मपुत्री बनाएकी छिन् । एक्ली आमाको रुपमा रबिनाले सन् १९९५ मा पूजा र छाया नामका दुईजनालाई धर्मपुत्री बनाएकी हुन् ।

अवार्ड नाइटमा पनि पुगेकी थिइन् आमासँगः

राशा थडानी आमासँग ‘दादा साहेब फाल्के अवार्ड’ मा पुगेकी थिइन् ।

छोरीलाई बक्सिङको तालिम पनि दिन्छिन्ः

पढाईका साथै रबिना र अनिल आफ्ना छोरीहरुलाई बक्सिङको तालिम पनि दिन्छन् । रबिना इन्स्टाग्राममा तालिमका विभिन्न भिडियो सेयर गर्ने गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप