शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली सरकारी कागजात बनाउने कार्यमा संलग्न पक्राउ

सोमबार, २६ फागुन २०७६, १६ : २४
सोमबार, २६ फागुन २०७६

पर्सा । नक्कली नेपाली नागरिकता, जन्म/मृत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु बनाउने कार्यमा संलग्न बहुदरमाई नगरपालिका-७ रामनगरी बस्ने ६० वर्षीय बिन्दा प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको    छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगंज महानगरपालिका-१६ नगवा फुलवारीटोलबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट नेपाली नागरिकताहरु, नागरिकता बनाउन प्रयोग हुने फारमहरु, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाईसराई, जन्म प्रमाणित लगायत नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न कागजातहरु समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप