शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ताप्लेजुङमा चितुवाको छालासहित १ जना पक्राउ

सोमबार, २६ फागुन २०७६, २२ : ०८
सोमबार, २६ फागुन २०७६

ताप्लेजुङ । ताप्लेजुङमा प्रहरीले चितुवा र थारकोे छालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका ५५ वर्षीय तोलवीर लिम्बू रहेका छन् । घरको छानामा सिउरिएर राखिएको अवस्थामा चितुवाको दुई थान र अर्को वन्यजन्तु थारको एक थान छाला आज फेला पारिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

तापेथोक प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले लिम्बूको घरमा खानतलासी गरेको थियो । सोही क्रममा उक्त छाला फेला परेको हो । तीन थान छालासहित लिम्बूलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान र कारवाहीका लागि कञ्चनजङ्घा संरक्षण क्षेत्रको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप