शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना निम्त्याउन सक्ने एउटा खतरनाक मानवीय बानी

मङ्गलबार, २७ फागुन २०७६, १२ : ५८
मङ्गलबार, २७ फागुन २०७६

लन्डन । मानिस चेतनशील प्राणी हो । यद्यपि कतिपय कुराहरु हामी अन्जानमै गरिरहेका हुन्छौँ ।

यतिबेला विश्वमै कोरोनाभाइरसको संक्रमणले त्रास फैलाएको छ । विश्वका सय भन्दा बढी मुलुकमा यसको संक्रमण फैलिसकेको अवस्थामा वैज्ञानिकहरु कोरोनाभाइरसको संक्रमण कसरी कम गर्न सकिन्छ भन्नेमा लगातार अध्ययन–अनुसन्धान गरिरहेका छन् ।

यसै क्रममा मानवीय स्वभावमै रहेका केही कमी कमजोरीहरुका कारण पनि कोरोनाभाइरसको संक्रमण सर्न सक्ने खतराबारे वैज्ञानिकहरुले सचेत गराएका छन् ।

प्रायः सबैजसो मानिसको एउटा साझा बानी छ– आफ्नै अनुहार सुम्सुम्याउने ।

सन् २०१५ मा अस्ट्रेलियाको मेडिकल स्टुडेन्टको एउटा समूहले गरेको अध्ययनअनुसार मेडिकल स्टुडेन्टका विद्यार्थीहरुले प्रतिघण्टा सरदर २३ पटक आफ्नो अनुहारमा हात पु¥याउने गरेको पाइयो । अर्थात् उनीहरुले प्रतिघण्टा सरदर २३ पटक कुनै न कुनै रुपमा आफ्नै अनुहारमा हात पु¥याएका हुन्थे । चाहे आफ्नै गाला सुम्सुम्याएर होस्, नाक कोट्याउन होस्, आँखा मिच्न होस्, कुनै न कुनै रुपमा उनीहरुको हात आफ्नै अनुहारमा पुगिरहेको हुन्थ्यो ।

आम मानिसको कुरा गर्ने हो भने हरेक मानिसले प्रतिघण्टा सरदर ३.६ पटक आफ्नै मुख र नाकमा हात पु¥याएको पाइन्छ । सन् २०१२ मा ब्राजिलका शोधार्थीले गरेको अध्ययनअनुसार यो निष्कर्ष निकालिएको हो ।

यस्तै सार्वजनिक स्थलमा रहेको मानिसले आफू वरपरका वस्तुलाई प्रतिघण्टा सरदर तीनभन्दा बढी पटक छोएको उक्त अनुसन्धानको निष्कर्ष छ ।

आफ्नो अनुहार आफैंले सुम्सुम्याउने, नाक कोट्याउने, कान कोट्याउने, आँखा मिच्ने, औंलाले ओठ चलाउने लगायतका मानवीय बानीहरु नजानिदोँ पाराले हामी प्रत्येक घण्टा तीन–चार पटक गरिरहेका हुन्छौँ ।

वैज्ञानिकहरुका अनुसार हाम्रो यही बानी अहिले कोरोनाभाइरसको संक्रमण फैलाउन सहयोगी हुने गरेको छ । सामाजिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका संस्थाहरु र स्वास्थ्यकर्मीका साथै विश्व स्वास्थ्य संगठनले पनि आफ्नो अनुहारमा हात पु¥याउने तथा नाक, कान कोट्याउने, आँखा मिच्नेजस्ता बानी खतरनाक रहेको औँल्याएका छन् ।

यस्तो बानीले नाक, कान, आँखा, मुखमार्फत खराब चिजहरु हाम्रो शरीरभित्र प्रवेश गर्ने सम्भावना प्रवल रहने उनीहरुको भनाइ छ ।

पछिल्लो समय वैज्ञानिकहरुले कोरोनाभाइरसको आयु र मानव शरीरमा प्रवेश गर्ने माध्यमबारे अनुसन्धान केन्द्रित गरेका छन् । केही वैज्ञानिकले कोरोनाभाइरस कुनै वस्तुमा खसेको ९ दिनसम्म जीवित हुने निष्कर्ष निकालेका छन् ।

त्यो वस्तुमा रहेको भाइरसमा हाम्रो हात पुग्यो वा कुनै माध्यमबाट हाम्रो हातमा कोरोनाभाइरस आइपुग्यो भने आफ्नो अनुहारका विभिन्न भागमा हात पु-याउने हाम्रै बानीका कारण उक्त भाइरस हाम्रो शरीरभित्र प्रवेश गर्ने उनीहरुको तर्क छ ।

केही विशेषज्ञ भने मास्क लगाउँदा अनुहार छुने क्रममा कमी आउने तर्क पनि गर्दछन् । लीड्स युनिभर्सिटीकी प्रोफेसर स्टेफेन ग्रिफिन भन्छिन्, ‘मास्क लगाउँदा मानिसले आफ्नो अनुहार छुने सम्भावना कम हुन्छ, फोहोर हातले अनुहार छुनु भनेको संक्रमित हुन सक्ने मुख्य कारण हो ।’

बेलायतका पूर्वप्रधानमन्त्री डेविड क्यामरुनका सहयोगीसमेत रहेका कोलम्बिया युनिभर्सिटीका प्रोफेसर माइकल हालस्वर्थका अनुसार अनुहारमा हात लैजानु हुँदैन भनेर अर्ती दिन सजिलो हुने तर त्यसलाई व्यवहारमा लागू गर्न कठिन हुने बताउँछन् ।

‘मानिसले जानेर कमैमात्रामा अनुहारमा हात लैजान्छन्, धेरै पटक अन्जानमै यस्तो भइरहन्छ,’ उनले भने, ‘बरु हामीले हाम्रो हातलाई बारम्बार धुने बानी गर्नुपर्छ ।’

उनले आफ्नो अनुहार छुने आवश्यकता किन परिरहेको छ भन्ने कुरा हरेक मानिसले बुझ्न जरुरी रहेको बताए । त्यसपछि मात्र समाधानतर्फ अघि बढ्न सकिने उनको भनाइ छ । उदाहरणका लागि घाममा हिँड्दा आँखा मिच्ने बानी छ भने त्यस्ता मानिसले चश्मा लगाएर आफ्नो बानी सुधार्न सक्ने उनले बताए ।

यद्यपि सबैभन्दा राम्रो विकल्प भनेको हातलाई बारम्बार सफा गर्नु नै रहने विज्ञहरु बताउँछन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप