शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकताको पूर्वसन्ध्यामा कमल थापाको प्रतिबद्दताः अब पार्टी फुट्न दिँदैनौ (भिडियो सहित)

मङ्गलबार, २७ फागुन २०७६, १४ : २१
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएका छन् । पार्टी एकताको पूर्वसन्ध्यामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले यस्तो प्रतिवद्धता जनाएका हुन् । बुधबार राप्रपा र राप्रपासंयुक्तबीच पार्टी एकता हुँदैछन् ।

पार्टी एकताको पूर्वसन्ध्यामा अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नलिन आग्रह गरे । थापाले पार्टी फुट्दैन र फुट्न दिन्नौँ भन्ने मानसिकताका साथ अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘पार्टी फुट्छ कि भन्ने नकारात्मक सोच र आशंका लिएर नजाऔँ । सतर्क रहनुपर्छ, सचेत रहनुपर्छ तर सुरुमै आशंका लिएर नकारात्मक सोच लिएर अगाडी बढ्न खोज्यौ भने सिथिल भइन्छ र गति लिन सकिँदैन् । अब पार्टी फुट्दैन, फुट्न दिँदैनौँ भन्ने मानसिकताका साथ पार्टी अगाडी बढ्नुपर्छ ।’

अध्यक्ष थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गरे ।
थापाले कम्युनिष्ट र काँग्रेसको बैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपाले आफुलाई बैकल्पिक शक्तिको रुपमा उभ्याउनुपर्ने बताए ।

अन्य कुनै पनि पार्टीले आफुलाई काँग्रेस, कम्युनिष्टको विकल्पका रुपमा प्रस्तुत गर्न नसक्ने उल्लेख गर्दै थापाले उनीहरुले लिएको नीति र अवधारणाको विकल्पमा राप्रपाले मात्रै फरक विचार र मार्गचित्र दिन सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप