शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गाप्रसाद श्रेष्ठलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार

मङ्गलबार, २७ फागुन २०७६, १५ : १५
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । नइ प्रकाशनले भारत काशीका दुर्गाप्रसाद श्रेष्ठलाई दुई लाख रूपैयाँ राशि सहित ‘नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने भएको छ ।

सात दशकदेखि नेपाली साहित्यमा समर्पित रही कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवादकका रूपमा समेत प्रतिष्ठित ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार समर्पण गर्न लागिएको नइ प्रकाशनले जनाएको छ । यो पुरस्कार नेपाली गोर्खाली मूलका विदेशी नागरिकलाई प्रदान गरिन्छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

१९९३ सालदेखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा भारतको बनारसबाट ‘उदय’ मासिकको प्रकाशन आरम्भ भएको थियो । सोही पत्रिकामा प्राडा ईश्वर बरालले २००४ सालमा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेखेका थिए । 

काशीबहादुर श्रेष्ठका जेठा छोरा दुर्गाप्रसाद श्रेष्ठबाट नै चार दशकअघिदेखि उदय पत्रिकाको समेत निरन्तर सम्पादन र प्रकाशन हुँदै आएको छ ।

दुर्गाप्रसाद श्रेष्ठले २०२० सालमा प्रदर्शित प्रथम नेपाली कथानक चलचित्र ुआमाुको पटकथा र सम्वाद लेखेका थिए ।  हिरासिंह खत्रीद्वारा निर्देशित आमाको उनी सहायक निर्देशक पनि थिए । 

शताब्दी पुरुष डा सत्यमोहन जोशीको १०१ औं शुभजन्मोत्सवका अवसरमा सो पुरस्कार दिइनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप