शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई पूरै सक्रिय हुन ६ महिनादेखि १ वर्षसम्मको समयावधि लाग्ने

मङ्गलबार, २७ फागुन २०७६, १७ : ०१
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौँ । सामान्य अवस्थामा फर्किन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ महिनादेखि १ वर्षसम्मको समयावधि लाग्ने चिकित्सकहरुले बताएका छन् । 

मंगलबार त्रिवि शिक्षण अस्पतालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्यासिंंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आएपनि पुरै सक्रिय हुन ६ महिनादेखि १ वर्षसम्म लाग्ने बताइन् । 

उनले अब प्रधानमन्त्रीको डिस्चार्ज गर्दा पनि हुने बतााइन् । 

‘डिस्चार्ज गर्दा पनि हुन्छ । प्रधानमन्त्रीज्यू पनि घर जान चाहानुहुन्छ । तर घरमा पनि केही तयारी गर्नुपर्ने भएकाले हतारमा डिस्चार्ज नगरिएको मात्रै हो’, डाक्टर शाहको भनाइ छ । ‘यसै दिन डिस्चार्ज गरिन्छ भनेर अहिले मिति नै तोक्नु उपयुक्त हुँदैन । तर स्वास्थ्य अवस्था हेर्दा केही दिनभित्र डिस्चार्ज गर्न सकिन्छ । यद्यपी जोखिमको खतरा धेरै हुने भएकाले धेरै केयर गर्न जरुरी छ’ शाहले जानकारी दिइन् । 

ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आइरहेको चिकित्सकहरुले बताउँदै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप