बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारद्वारा सहायक वन अधिकृत र प्रधानाध्यापकविरुद्द आरोपपत्र दायर

मङ्गलबार, २७ फागुन २०७६, १७ : ०८
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यलय नवलपरासी सुस्ताका सहायक वनअधिकृत कृष्णबहादुर देवकोटासहित ३ जना विरुद्द विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले देवकोटासहित सोही कार्यालयका कार्यलय सहयोगी प्रमोदकुमार तेली र भूमिराज प्राथमिक विद्यालय डडेल्धुराका प्रधानाध्यापक कलापतिकुमारी शर्माविरुद्द आरोपपत्र दायर गरेको हो ।

अख्तियारले देवकोटा र तेलीलाई सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले उनीहरुविरुद्द भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

त्यस्तै, प्रधानाध्यापक शर्माले भारतको इलाहावाद हाइस्कुलबाट परीक्षा उत्तीर्ण गरेको भन्दै नक्कलीइ झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर उक्त विद्यालयबाट सरकारी र सुविधा एवम् लाभ लिएको आरोप आयोगले लगाएको छ । शर्मामाथि भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ को उपदफा (२) एवम् प्रचलति भ्रष्टचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुनुपर्ने माग दाबीसहित अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप