शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीभित्र प्रचण्डको भूमिका कहीँ कतैपनि कमजोर छैनः मणि थापा

मङ्गलबार, २७ फागुन २०७६, १७ : १५
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली डिस्चार्ज भएपछि सरकार र पार्टीका गतिविधि द्रुत गतिमा सुचारु हुने विश्वास व्यक्त गरेका छन् । 

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘प्रधानमन्त्री अहिले अस्पतालमा हुनुहुन्छ, र अर्को कुरा विश्वव्यापी रुपमा कोरोनाको प्रभाव बढिरहेको छ, त्यही भएर अहिले सरकार र नेकपाको गतिविधि कमी भएका छन् । अझैपनि धेरै कामहरु गर्नुपर्ने छन् । पार्टी एकताका कतिपय कामहरु पूरा गर्न बाँकी छन् ।’

नेता थापाले आफ्नो पार्टीले अहिलेपनि संक्रमणकालिन अवस्था भोगिरहेको सुनाउँदै प्रधानमन्त्री ओली अस्पतालबाट निवासमा फर्किएपछि एकताको काम र सरकारको कामपनि प्रभावकारी ढंगले अघि बढ्ने विश्वास दिलाए । 

राष्ट्रिय सभा सदस्यमा वामदेव गौतम कि वर्तमान अर्थमन्त्री को मनोनित हुन्छ ? भन्ने प्रश्नमा उनले भने,‘व्यक्तिको कुरामा जानुभन्दापनि पार्टीले यो विषयमा निर्णय गरिसकेको छ । त्यो निर्णय स्विकार गर्नुपर्छ । तर, बल चाहीँ क्याविनेट र राष्ट्रपतिको कोर्टमा छ ।’

थापाले एमसीसी जस्ताको त्यस्तै पारित नहुने जिकिर गरे । 

उनले पार्टीभित्र प्रचण्डको भूमिका कहीँ कतैपनि कमजोर नभएको पनि स्पष्ट पारे । उनले भने,‘उहाँले यसअघि पनि सचिवालय, स्थायी कमिटीका बैठकहरु ह्याण्डलिङ गर्नुभएको हो । अब प्रधानमन्त्री डिस्चार्ज भएपछि महत्वपूर्ण बैठकहरु बस्छन्, ती बैठकको नेतृत्व प्रचण्डले गर्नुहुन्छ । उहाँको कार्यकारी भूमिका यथावत छ ।’

सरकारको प्रभावकारिता बढाउनुपर्नेबारे नेकपाको गत माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले समेत सुझाव दिएको सुनाउँदै त्यसप्रति सरकारपनि गम्भिर हुनुपर्ने उनको भनाई छ । तर, त्यसबारेमा पनि आगामी स्थायी कमिटीको बैठकमा समिक्षा हुने उनले जनाए । उनले पार्टीको एकता महाधिवेशन सम्पन्न नहुञ्जेलसम्म संक्रमणकै अवस्था रहने पनि स्पष्ट पारे । 

उनले भने,‘महाधिवेशनपछि लिडरसिप, विचार, नीति तथा कार्यक्रमहरु सबै हल हुन्छ । अहिले संक्रमणको अवस्था भएकोले नेतृत्व र नीतिमा विवाद छ ।’ उनले पार्टी र सरकारले राम्रोसँग काम गर्न नसक्नु नीति र नेतृत्वको विवाद नै मुख्य कारण भएको पनि औंल्याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप