बलात्कार आरोपीलाई दोषी ठहर गर्दै कैद सजाय
जिल्ला अदालत अछामले छुट्टाछुट्टै घटनाका बलात्कार आरोपीलाई दोषी ठहर गर्दै कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएको छ ।
न्यायाधीश नवीनकुमार जोशीको इजलासले गत साउन महिनामा एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका ४० वर्षीय मोहनबहादुर रावललाई सात वर्ष छ महिना कैद र रु दुई लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार प्रेमप्रकाश थापाले जानकारी दिए ।
नेपाली काँग्रेसका वडा सभापतिसमेत रहेका रावल राति घरमै आएर बलात्कार गरेको भन्दै पीडित महिलाले साउन महिनामै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी परेपछि रावललाई गत साउन १७ गते प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । महिलाका श्रीमान् भारतमा रहेको अवस्थामा उनीमाथि बलात्कार भएको जनाइएको छ ।
यस्तै १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका साँफेबगर नगरपालिका–३ का ३९ वर्षीय हीरण्डबहादुर कुँवरलाई नौ वर्ष कैद र १० हजार क्षतिपूर्ति भराउने फैसला भएको छ । गत भदौमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमाले किटानी जाहेरीसहित प्रहरीमा उजुरी दिएको थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेताले भने, ‘कबीर सिंह’ गरेर पछुतो छ, निर्देशकले दिए चलचित्रबाट अनुहार नै हटाउने चेतावनी
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा