बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना प्रभाव : भगवानको मूर्तिलाई पनि मास्क !

बुधबार, २८ फागुन २०७६, ११ : ०१
बुधबार, २८ फागुन २०७६

लखनउ । कोरोनाभाइरसले विश्व नै प्रभावित भइरहेको समयमा भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीमा एउटा मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका छन् ।

वाराणसीस्थित पहलादेश्वर महादेव मन्दिरका पुजारी कृष्णा आनन्द पाण्डेका अनुसार सबैतिर कोरोनाभाइरसको असर देखिएका कारण मानिसलाई जागरुक गर्नका लागि भगवान शिवको मूर्तिमा मास्क लगाइएको हो ।

उक्त मन्दिरमा भगवानको मूर्तिलाई नछुन पनि अपिल गरिएको छ ।

मानिसहरुले संकटको बेलामा भगवानलाई सम्झने र मन्दिरमा पुगेर प्रार्थना गर्ने गरेकाले पनि सर्वसाधारणमा यस्तो संकट आइपरेको अवस्थामा मन्दिरमै जनचेतानामूलक गतिविधि गरिएको पुजारी पाण्डेको भनाइ छ ।

पछिल्लो समय मन्दिरमा आउने भक्तजनहरुले समेत मास्क लगाउन थालेको र हातले नछोइकन टाढैबाट पूजा गर्न थालेको उनको भनाइ छ । यसले कोरोनाबाट बच्न मानिसले अपनाउनुपर्ने सावधानीबारे सचेतना वृद्धि हुने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप