शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाँस्कोटाको घरमा बम विष्फोटको नेकपाद्वारा भर्त्सना

बुधबार, २८ फागुन २०७६, १२ : ०१
बुधबार, २८ फागुन २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटको घरमा भएको बम विष्फोटको निन्दा र भत्र्सना गरेको छ ।

 बुधबार बिहान नेकपाका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री बास्कोटाको मध्यपुर नगरपालिका वडा नं. १, लोकन्थली, भक्तपुरस्थित निजी निवासमा आतंककारी समुहले वम विष्फोट गराएको थियो । 
घटनापछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञप्ति जारी गर्दै भत्र्सना गरेका हुन् । ‘उक्त आपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु’, प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप