शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिने पक्राउ

बुधबार, २८ फागुन २०७६, १७ : १३
बुधबार, २८ फागुन २०७६

मोरङ । अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा बुढिगंगा गाउँपालिका-३ बाँसबारी बस्ने २४ वर्षीय मुकेश कुमार महतोलाई सुनसरीको भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको छ । 

गत शुक्रबार घरबाट निस्केका मुकेश कुमारले आफ्नो मोबाइलबाट बाबुलाई फोन गरी आफू अपहरणमा परेको, अपहरणकारीले ३० लाख रूपैयाँ फिरौती मागेको र प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की दिएको जानकारी दिँदै अपहरणकारीले आफूलाई लाहानमा आइतबार धनुषाको जनकपुरमा र सोमबार कोशी ब्यारेजको बोर्डर छेउमा राखेको बताएका थिए ।  

सोमबार उनका बाबुले २१ लाख रुपैयाँ फिरौतीको रकम दिएका थिए । घटनाको अनुसन्धानको क्रममा प्रहरीले तत्काल उनकै मुन्सी काम गर्ने बुढिगंगा गाउँपालिका-३ बासबारी बस्ने २५ वर्षीय कृष्ण राजबंशीलाई फिरौतीको रकम सहित पक्राउ गरेको थियो । 

मुकेश कुमारले आफूले १ वर्ष अगाडि ५ लाख रूपैयाँ सापट लिँदा मिटर ब्याजका कारण परिवारले ९६ लाख तिर्नु परेको, अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की दिएकोले घर परिवारबाट पैसा माग्न लाज लागेर आफूले अपहरणको नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप