शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सको स्प्रिङ्ग बोनान्जा, टेष्ट ड्राइभको अवसर

बुधबार, २८ फागुन २०७६, १७ : १५
बुधबार, २८ फागुन २०७६

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडीङ्गले स्पिङ्ग बोनान्जा कार्यक्रमकोे आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यहि फाल्गुन ३० देखि चैत्र २ गतेसम्म  थापाथली स्थित टाटा मोटर्सको सोरुममा आयोजना गर्न लागिएको सिप्रदीले जनाएको छ ।

ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनआरजी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन । 

साथै उक्त कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, जेन्युइन एसोसेरीज, एक वर्षको सवारी कर, गाडिको डेलिभरीमा मोवाईल फोन, प्रत्येक गाडीको मुल्याङ्कनमा कार पर्फ्यूम, डोर प्राईज र प्रत्येक टेस्ट ड्राईभमा एक जोडीलाई मुभि टिकेट तथा विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरु रहेका छन ।  

यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा आइ नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन सकिने पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप