बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरियामा एक नेपालीको मृत्यु

बुधबार, २८ फागुन २०७६, १८ : ५४
बुधबार, २८ फागुन २०७६

बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मृत्यु भएको छ । मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका राईको उपचारका क्रममा बिहान करिव ११ बजे मृत्यु भएको हो ।

    उपचारका क्रममा कोरियाको सउल सिटी स्थित छनान् अस्पतालमा उनको मृत्यु भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए । मृत्युको कारण खुल्न सकेको छैन । उनको शवलाई नेपाल पठाउने प्रयास भईरहेको लामाले बताए । रोजगारीका लागि करिव १० बर्ष अघि उनी कोरिया पुगेका हुन् ।

    त्यसअघि उनी धनकुटाको हुलाकटोलमा उमिसा पुस्तक पसल सञ्चालन गर्दै आएका थिए । मृतक राईका श्रीमती र एक छोरी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप