शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेमिट्यान्समा अग्रसर हुँदै सनराइज बैंक, जीएमई रेमिटसँग गर्यो सम्झौता

बुधबार, २८ फागुन २०७६, १९ : ०५
बुधबार, २८ फागुन २०७६

काठमाडौं– सनराइज बैंकले पनि रेमिट्यान्समा अग्रसरता देखाएको छ । बैंकले रेमिट्यान्स सेवा तथा सुविधा प्रदान गर्नका लागि जीएमई रेमिट्यान्ससँग सहकार्य गर्ने गरी सम्झौता गरेको छ ।

सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुत्तरुपमा हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौताअनुसार सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिटमार्फत पठाएको रकम जीएमई रेमिटका नेपाल अधिराज्य भर रहेका ८००० भन्दा बढि एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् । 

सम्पुर्ण ग्राहकले सनराइज रेमिटमार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप