शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लिभरपुल च्याम्पियन्स लिगबाट आउट

बिहीबार, २९ फागुन २०७६, ०७ : ५८
बिहीबार, २९ फागुन २०७६

साविक विजेता लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

घरेलु मैदानमा बुधबार राति भएको दोस्रो लेगमा स्पेनिस प्रतिद्धन्द्धी एथ्लेटिको म्याड्रिडसँग अतिरिक्त समयमा ३–२ को हार खेप्दै लिभरपुल बाहिरिएको हो । च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने दावी गर्दै आएको लिभरपुलले अन्ततः लस्जास्पद हार खेप्यो । लिभरपुलमाथि एथ्लेटिकोले समग्रमा ४–२ गोलको जित निकाल्यो । पहिलो लेगमा एथ्लेटिकोले लिभरपुललाई १–० गोलले हराएको थियो ।

लिभरपुललाई नकआउट गर्न एथ्लेटिकोका मार्कस लोरेन्टे दुई तथा अल्भेरो मोराटाले एक गोल गरे । लिभरपुलका जर्जिन्हो विजनाल्डम र रोवर्टाे फिर्मिनोले एक एक गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । निकै रोचक खेलमा लिभपुलले सुरुवाती अग्रता लिएको थियो । ४३औं मिनेटमा विजनाल्डमले एलेक्स अक्सलेड चेम्वरलेनको पासमा गोलगर्दै घरेलु टोलीको उत्साह बढाए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

९४औं मिनेटमा रोवर्टाे फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि सम्हालिन नसकेको लिभरपुलमाथि एथ्लेटिकोले दुई गोल थपेको थियो । ९७औं मिनेटमा एथ्लेटिकोका मार्कस लोरेन्टेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको अन्तिममा लोरेन्टेले व्यक्तिगत दोस्रो गोल गर्दै एथ्लेटिकोलाई क्वार्टरफाइनलमा पुर्याउन सफल भए । लिभरपुलका दोस्रो रोजाइका गोलरक्षक एड्रियनले फितलो प्रदर्शन गर्दा साविक विजेता लस्जास्पद हार खेप्दै आउट भयो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप