के डिप्रेशनमा छन् अरमान ? इन्स्टाग्रामका सबै पोष्ट डिलिट गरेपछि ट्वीटरमा लेखे यस्तो
बलिउडका प्लेब्याक सिंगर अरमान मलिक इन्स्टाग्राममा आफ्नो हालैको पोष्टपछि चर्चामा छाएका छन् । उनले एउटा पोष्ट गरेका थिए जसमा उनले लेखेका थिए, ‘अब योभन्दा बढी सहन सक्दिनँ ।’ यो पोष्टमा उनले न त कुनै तस्बिर पोष्ट गरेका थिए न नै कुनै भिडियो । कालो ब्याकग्राउन्डमा अंग्रेजी पाँच शब्द देख्न सकिन्थ्यो । यसबाहेक उनले आफ्नो पूरा इन्स्टाग्राम प्रोफाइल पनि डिलिट गरिदिए, तयसपछि उनका प्रशंसक निकै चिन्तित भएका थिए ।
अरमानको पोस्टले चिन्तित प्रशंसक
अरमानको यो पोस्टपटि प्रशंसकले कतै अरमान डिप्रेशनबाट त जुधिरहेका छैनन् भनेर चिन्ता व्यक्त गरिरहेका छन् । कतिले भने अरमानको अकाउन्ट ह्याक भएको हो कि भनेर पनि अनुमान गरिरहेका छन् । प्रशंसकका साथै संगीत क्षेत्रका हस्तीले पनि अरमानलाई इन्स्टाग्राम कमेन्टमार्फत् उनको स्थितीबारे सोधेका थिए । यद्यपि, इन्स्टाग्रामपछि उनले ट्वीटरमा आफ्नो धारणा राखेका छन् ।
इन्स्टाग्राममा अरमानको यो पोस्टको केही घण्टापछि उनले ट्वीटरमा लेखेका छन्, ‘चिन्ता नलिनुहोस्, समय आएपछि सबैकुरा थाहा हुन्छ ।’
Time reveals everything, don’t worry.
— ARMAAN MALIK (@ArmaanMalik22) March 11, 2020
अरमानका थुप्रै प्रशंसकले उनको यो पोस्ट मुनी पनि विभिन्न प्रश्न गरेका छन् । स्मरण रहोस्, इन्स्टाग्राममा उनले यसअघि गरेका सबै पोष्ट डिलिट गरेका छन् । ८० लाख फलोअर्स भएको उनको इन्स्टाग्राम अकाउन्टमा अहिले तीनवटा मात्रै पोष्ट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
-
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
-
निजी क्षेत्रलाई विश्वासमा लिएर नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री
-
सहिद पत्नीको व्यथा : सहिद परिवारको परिचयपत्रकै खिल्ली उडाइन्छ