शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घुससहित २ जना पक्राउ

बिहीबार, २९ फागुन २०७६, १७ : ३०
बिहीबार, २९ फागुन २०७६

काठमाडौं । कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । 

 पन्थीले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस मागेको उजुरी परेपछि  अख्तियारले  पन्थी र लेखापरीक्षक श्रेष्ठलाई पक्राउ गरेको हो । 

पन्थी र श्रेष्ठबीच घुस बापतको ५ हजार लिने दिने क्रममा उक्त रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप