बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कटुवा पेस्तोल र गोलीसहित तीन जना पक्राउ

शुक्रबार, ३० फागुन २०७६, १२ : ३३
शुक्रबार, ३० फागुन २०७६

मोरङ : सुनवर्षी नगरपालिका–८ हर्चनगढीबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड सहित ३ जना पक्राउ परेका छन् । 

बिहीबार राति प्रहरीले भारत घर भएका २१ वर्षीय अजय कुमार मण्डल, आन्नद कुमार मण्डल र २१ वर्षीय राकेश कुमार साह पक्राउ परेका हुन् । 

प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले सुनवर्षी नगरपालिका–८ हर्चनगढीस्थित पसलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा फेला पारी तलासी गर्दा उनीहरुलाई उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो । 

साथै उनीहरुको साथबाट अनटेष्ट लेखिएको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप