बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार मामिलामा अनेरास्ववियुका नेता राईलाई ८ वर्ष जेल सजाय फैसला

शुक्रबार, ३० फागुन २०७६, १२ : ५३
शुक्रबार, ३० फागुन २०७६

काठमाडौँ । काठमाडौ जिल्ला अदालतले अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई ८ बर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

गत कार्तिक महिनामा तिहारको देउसी खेल्न बोलाएर एक युवतीलाई राईले बलात्कार गरेका थिए ।

जिल्ला अदालत काठमाडौका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले दोषी ठहर गरेको थियो । सोही अनुसार बिहीबार कैद सजाय निर्धारण गरेको काठमाडौ जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले रातोपाटीलाई जनाकारी दिए ।

त्यस्तै राईमाथि १ लाख ५० हजार क्षतिपुर्ति भराउन पनि आदेशमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप