शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अनमोलसँग रोमान्स गर्न मन छ : वर्षा चौलागाईं

शुक्रबार, ३० फागुन २०७६, १३ : ०२
शुक्रबार, ३० फागुन २०७६

काठमाडौँ । कलाक्षेत्रमा भविष्य खोज्दै पछिल्लो समय थुप्रै युवायुवती भित्रिएका छन् । तीमध्येकी एक हुन् वर्षा चौलागाईं । करिब ४ वर्ष अगाडि चर्चित गायक राजेश पायल राईको ‘बैगुनी रहेछौ मायालु’ बोलको हिट गीतको म्युजिक भिडियोमा मोडलिङ गर्दै कलाकारितामा प्रवेश गरेकी चौलागाईं पछिल्लो समय चलेकी मोडल मध्येमा पर्छिन् ।

करिब एक दर्जनभन्दा बढी म्युजिक भिडियो अभिनय गरिसकेकी उनले निर्देशक शोभित बस्नेतको फिल्म ‘बद्री बहादुरमा’ समेत अभिनय गरेकी छन् । फिल्म प्रदर्शनमा आउन बाँकी छ ।

सानैदेखिको अभिनयप्रतिको रुचिका कारण कलाकारिता राजेको बताउने वर्षाको अभिनय र मोडलिङबाट नाम र दाम दुवै कमाउने सपना पनि छ । त्यही भएर पनि उनी अभिनय प्रशिक्षण लगायतमा मिहिनेत गरिरहेकी छन् । अभिनेता अनमोल केसीसँग अभिनय र एक्सन हिरो निखिलसँग डेट इच्छा भएको बताउने वर्षालाई यस्तो छ रातोपाटीको दस प्रश्न ।

कलाकारिता किन रोज्नुभयो ?

सानैदेखि कलाकार भएर पर्दामा देखिने रहर थियो । सोही रहर पूरा गर्न अभिनय रोजेकी हुँ ।

अभिनयबाट जीवन चल्छ त ?

म कलाकारितामा प्रवेश गरेको भर्खर ३ वर्ष मात्र भयो । अहिले मेरो स्ट्रगल चलिरहेको छ । गर्दै जाँदा पक्कै पनि अगाडि बढ्न सकिन्छ होला ।

सौन्दर्यतिर कतिको रुचि छ ?

छैन भन्न मिल्दैन । महिला भएपछि सौन्दर्यमा रुचि राख्नुपर्ने हुन्छ । अभिनय बाहेकको समय सामान्य मेकअप गर्छु । मेकअपमा म गाजल र लिपस्टिक कहिल्यै छुटाउँदिनँ ।

मनपर्ने फेसन ?

पहिरन प्रायः सबै प्रकारका मनपर्छ । म राम्री भने वान पिसमा देखिन्छु ।

सपना ?

कलाकारिता रोजेकी छु । अगाडि बढ्न सङ्घर्ष गर्दैछु । कला क्षेत्रमा चर्चित भएर नाम, दाम र इज्जत कमाउने सपना छ ।

मनपर्ने केटा ?

सिम्पल, माया गर्ने, आफूलाई बुझ्ने, आफ्नो काममा सधैँ सपोर्ट गर्ने केटा मनपर्छ । त्यसमा बढी मनपर्ने बिजनेस म्यान ।

मनपर्ने खानेकुरा ?

दालभात, मटनका तरकारी र अचार मेरो मनपर्ने खानेकुरा हो ?

प्रेम ?

म अहिलेसँग सिङ्गल छु ।

पर्दामा रोमान्स गर्न मन लागेको हिरो ?

अभिनेता अनमोल केसीसँग रोमान्स गर्न मन छ ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?

एक्सन हिरो निखिल उप्रेतीसँग डेट जान चाहन्छु । निखिल, निखिलको एक्सन र अभिनय सबै मनपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप