केन्द्रीय संस्करण

रोनाल्डोलाई कोरोना संक्रमण नभएको पुष्टि

person explore access_timeचैत १, २०७६ chat_bubble_outline0

पोर्चुगल एवं युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा रोनाल्डो अहिले घरमै ‘क्वारेन्टाइन’ बसेका छन् ।

परिवारलाई भेट्न पोर्चुगल पुगेका रोनाल्डो आमालाई भेटेर इटाली फर्कनुअघि कोरोनाको आशंकामा ‘क्वारेन्टाइन’ बस्नु परेको थियो । युभेन्ट्समा रोनाल्डोका सहकर्मी ड्यानियल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोलाई घरमै क्वारेन्टाइनमा राखिएको थियो । उनी आफ्नै साततले घरको टपमा बसेका थिए ।

ड्यानियलको सम्पर्कमा रहेका रोनाल्डोलाई पनि सुरुमा कोरोना भएको आशंका गरिएको थियो । तर पोर्चुगलको मडेरा क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोलाई परिक्षणको क्रममा कोरोना संक्रमण नदेखिएको बताएका छन् । रोनाल्डोको स्वास्थ्यको विषयमा चासो हुनु स्वभाविक हो । हामीले उनको स्वास्थ्य अवस्थालाई राम्रोसँग नियालिरहेका छौं । अहिले उनमा संक्रमणको कुनै लक्षण र सम्भावना छैन,’ अध्यक्ष मिगेलले भनेका छन् ।

यसअघि बुधबार रोनाल्डोलाई कोरोना भएको र उनी क्वारेन्टाइनमा बस्नु परेको समाचारलाई विश्वभरका सञ्चार माध्यामले प्राथमिकताका साथ प्रकाशित गरेका थिए । पोर्चुगलका चर्चित सञ्चार माध्यामले पनि यस विषयलाई मुख्य समाचार बनाएका थिए  । रोनाल्डोका सहकर्मी युभेन्ट्सका ड्यानीयल संक्रमणका कारण अहिले उपचार गराई रहेका छन् । युभेन्ट्सका अन्य खेलाडी र अफिसियललाई पनि क्वारेन्टाइनमै राखिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.