शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी साधन सुरक्षा चेकजाँच अनुशिक्षण तालिम समापन

शनिबार, ०१ चैत २०७६, १२ : २३
शनिबार, ०१ चैत २०७६

काठमाडौँ । प्रहरीले सञ्चालन गरेको चार दिने सवारी साधन सुरक्षा चेकजाँच अनुशिक्षण तालिम सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत महानगरीय प्रहरी वृत्त थानकोट र सिप्रदी ट्रेडिङ प्रा.लि.को संयुक्त आयोजनामा चार दिने उक्त अनुशिक्षण तालिम सम्पन्न भएको हो ।

अनुशिक्षण तालिमको समापन कार्यक्रममा बोल्दै काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले यस्ता तालिमले प्रहरीले गर्ने चेकिङमा थप परिणाम हासिल गर्न बताए । 

सिमा नाकाहरूमा कार्यरत प्रहरी कर्माचारीहरूलाई यसप्रकारको तालिम जरूरी रहेको र सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग गर्न एसएसपी सुवेदीको भनाइ छ ।

सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलियाले आगामी दिनमा पनि प्रहरी कर्मचारीहरूलाई यस प्रकारको तालिम सञ्चालन गर्ने प्रतिवद्दता व्यक्त गरे ।

४ दिनसम्म सञ्चालन भएको उक्त तालिममा महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय प्रहरी प्रभाग नाँगढुंगा, बलम्बु, मातातिर्थ, मत्स्यगाँउ र नैकाप र महानगरीय ट्राफिक प्रभाग कलंकीमा कार्यरत कुल १०९ जना प्रहरी कर्मचारीहरू लाभान्वित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप